२०८१ बैशाख १६, आइतवार
2024 April 28, Sunday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

One Piece रेकड़िंग स्टुडियोको उद्घाटन सम्पन

काठमाडौँ, २०७५ पुस २८ गते । केहि दिन पहिले गत पुस २६ गतेका दिन नेपालको रेकड़िंग स्टुडियोको सन्दर्भमा पहिलोपटक imported, Updated & Upgraded, Hardware & Software उपकरण सहितका साथै फरक प्रकारको बनावट र सजावट भएको “One Piece Rec Studio & Academy” को औपचारिक रूपमा काठमाडौँको अनामनगर नजिक घट्टेकुलोमा विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा उद्घाटन गरिएको छ ।

सो स्टुडियो उद्घाटन कार्यक्रममा सो स्टुडियोका ओनर एकराज राईकी आमा र, हास्य कलाकार सुलेमान शंकर इकु, आयुर्वेदिक डाक्टर सुवास सुव्बाले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्नुभएको थियो । सुरुको प्रार्थना संचारकर्मी दिनेश श्रेष्ठले गर्दै शुभकामना दिनुभएको सो कार्यक्रममा हास्य कलाकार सुलेमान शंकर इकु लगायत अन्य विभिन्न व्यक्तित्वहरूले शुभकामना मन्तब्य राख्नु भएको थियो । सो कार्यक्रममा स्टुडियोका ओनर एकराज राईले आफूले विश्वास गरेको परमेश्वरलाई अनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ तथा सहयोग गर्नुहुने सबैलाई हृदयदेखि धन्यवाद छ भन्नु हुदैँ यो स्टुडियो सबैको लागि हो र आफूले सुरु गरेको यो अभियानमा साथ सहयोग गरिदिनुहुन सबैसँग अनुरोध समेत गर्नु भएको थियो ।

उपस्थित सबैका सामु प्रमुख अथिति सुबास सुब्बाले समर्पणको प्रार्थना गर्नु भएको थियो भने सो उद्घाटन कार्यक्रमलाई संचारकर्मी कुमार सिंह बिष्टले संचालन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विधाका विभिन्न व्यक्त्तित्वहरूको उपस्थित रहेको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...