२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

प्रोमिस अनलाइन टिभी उद्घाटन

२०७५ पुस १७ गते, काठमाडौँ । प्रोमिस अनलाइन टिभीको उद्घाटन समारोह आज ललितपुरको सातदोबाटोस्थित प्रोमिस मिडियाको आफ्नै कार्यालयमा सम्पन्न भएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै डा. बालकृष्ण शर्माले परमेश्वरको राज्य विस्तारका लागि मिडियाको महत्वपूर्ण भूमिका रहेको कुरा बताउनु भयो । उहाँले सो टिभीलाई प्रगतिको लागि शुभकामना सन्देश पनि व्यक्त गर्नुभएको थियो । उहाँले सो टिभीलाई क्लिक गरि उद्घाटन गर्नुभएको थियो भने सोही संस्थाका द्धय संस्थापक बेनी कार्की र रोवर्ट जोनले पनि संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रमका सभापति कार्कीले सो समारोहमा आउनु भएका सबै पाहुनाहरूलाई धन्यवाद दिनुभएको थियो । सोही संस्थाका सदस्य दिपक ढकालले प्रोमिस मिडियाको इतिहास र वर्तमानको चर्चा परिचर्चा गर्नुभएको थियो । उहाँले आगामी दिनको यात्रामा सबैको साथ र सहयोगको अपेक्षा समेत गर्नुभएको थियो । प्रत्येक दिन युटुवमा विभिन्न कार्यक्रम अपलोड गर्ने सो मिडियाको लक्ष्य गरेको बताइएको छ ।

सो अवसरमा प्रोमिस मिडियाले विगत २ दशकदेखि मिडियाबाट विभिन्न क्षेत्रमा सहयोग तथा कार्य गर्दै आइरहेको जानकारी गराएको थियो । सो कार्यक्रममा नेपाल बाइबल सोसाइटीका महासचिव तेज जिरेल, नारायण खड्का र पा. रुपनारायण तिमल्सिनाले शुभकामना सन्देश दिनुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...