२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

सिलगडीमा ख्रीष्टियन सञ्चारकर्मीहरूको भेटघाट: भारतमा कार्यरत पत्रकारहरु संगठित हुदैँ

२९ नोवेम्बर २०१८, सिलगढी । अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया नेटवर्क अन्तर्गत भारतीय नेपाली ख्रीष्टियन सञ्चारकर्मीहरुको भेटघाट कार्यक्रम गत नोवेम्बर २४ तारिख शनिबारका दिन सिलगढीको प्रधान नगरस्थित सेवा केन्द्र भवनमा सम्पन्न भएको खबर छ । क्यामुना प्रधानको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा शिक्षाविद् मार्थारानी राईका साथै अन्य विशिष्ट अतिथिहरूमा सम्पादक राजु राई, पास्टर जीवन राई ज्योति, अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया नेटवकका सहअध्यक्ष पास्टर रमेश लामा लगायतका ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

पास्टर पिटर थापाद्वारा सञ्चालित कार्यक्रममा पास्टर रमेश लामाले यस भेटघाटको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । सो कार्यक्रममा पत्रकार स्वर्गीय धुर्ब गुरुङले पत्रकारिताको क्षेत्रका पुर्याउनु भएको योगदानको कदर गर्दै उहाँकी पत्नी कविता गुरुङलाई सभाका सभापति क्यामुना प्रधानको बाहुलीबाट खदापर्ण साथै प्रमुख अथिति मार्थारानी राईको बाहुलीबाट सम्बर्धना पत्र एवं नगद राशी प्रदान गरी सम्मान गरिएको थियो । स्वर्गीय पत्रकार धुर्ब गुरुङले हिमालचुली, हिमालय दर्पण र समय दैनिकमा रहेर ३६ वर्ष पत्रकारितामा योगदान पुर्याउनुभएको थियो ।

भारतीय नेपाली ख्रिस्टियन मिडिया नेटवर्कको समिति गठन:

सो भेटघाट कार्यक्रमको अवसरमा श्री किशाेर राईको अध्यक्षतामा भारतीय नेपाली ख्रिस्टियन मिडिया नेटवर्कको पन्ध्र सदस्यीय एक समिति गठन भएको छ । जुन समितिमा उपाध्यक्ष – श्री इम्मानुएल राई “गिफ्ट”, सचिव – श्री निमा लेप्चा, सहसचिव – श्री हनाेक थापा, काेषाध्यक्ष – श्री तिमाेथी छेत्री, सह काेषाध्यक्ष – श्री अमित सिंगगक तथा क्षेत्रीय संयाेजकहरूमा सिलगढी – श्री माेजेस सन्यासी, दार्जिलिङ – श्री तिमाेथी बिष्ट, साेनादा/खरसाङ – श्री समीर छेत्री, सिटाेङ/मंग्पू – अानन्द “अाकाश”, कालिम्पाेङ – एल्डर राजु राई, गाेरुबथान – श्री तूफान सुब्बा, डुवर्स – पा.विनेश थापा, सिक्किम – श्री अजय अमन थापा, मिरिक – श्री विष्णु कुमार बराइली रहनु भएको छ भने ६ सदस्यीय सल्लाहकारहरूको सल्लाहकार समिति पनि गठन भएको छ । त्यस सल्लाहकार समितिमा डा.छत्र सुब्बा “पावल”, पा.जीवन राई “ज्याेति”, श्रीमती मार्था रानी राई, श्रीमती क्यामूना प्रधान, एल्डर मशीह प्रकाश मोक्तान, श्री किशोर तिखत्री “राग” रहनुभएको छ ।

त्यसैगरी सिलगढी शाखाबाट कोर टिममा पर्नु हुनुहरूमा पा० पिटर थापा “कोशिष”, पा० शरद शरण शर्मा रहनुभएको छ भने भारतीय नेपाली ख्रिस्टियन मिडिया नेटवर्कका तर्फबाट पास्टर रमेश लामा “उद्वेश” लाई अन्तर्राष्ट्रिय संयाेजकका रुपमा चयन गरेको छ ।

साथै भारतबाट भारतीय नेपाली ख्रिस्टियन मिडिया नेटवर्कका तर्फबाट अध्यक्ष श्री किशोर राई र सचिव श्री निमा लेप्चालाई अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया नेटवर्कको कोर टिममा सदस्य पदमा र काेषाध्यक्ष श्री तिमाेथी छेत्रीलाई सहकोषाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरी अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया नेटवर्कको मुल समितिमा सिफारिस गरेको छ । स्मरण रहोस् यसअघि नै पास्टर रमेश लामा अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया नेटवर्कको भारतका तर्फबाट सहअध्यक्ष पदमा छानिनु भैसकेको थियो । यस सँगै आगामी वर्षको मार्च १५ र १६ तारिखका दिन नेपालको काठमाडौँमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया समिटको तयारी भारतमा पनि तीब्र अघि बढेको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...