२०८१ जेष्ठ १, मङ्लबार
2024 May 14, Tuesday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

पहिलोपटक नेपाली ख्रीष्टियन फिल्म फेस्टिबल हुदैँ

२१ भदौ, २०७५, ललितपुर । डुलोस मिडियाले ललितपुरको एक होटलमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी आउँदो २४ नोभेम्वर २०१८ अर्थात मंसिर ८ गतेका दिन ललितपुरको बालकुमारीस्थित हेप्जिबा हलमा ख्रीष्टियन फिल्म फेस्टिबलको आयोजना गर्नेे बारे जानकारी गराएको छ । सो कार्यक्रममा छोटो ख्रीष्टियन चलचित्रहरू प्रदर्शन गर्ने, ख्रीष्टियन सांगीतिक झुण्डबाट प्रत्यक्ष प्रस्तुति दिने, नृत्यहरू लगायत यस फिल्म फेस्टिबलका मुख्य आर्कषक रहने कुरा बताइएको छ ।

उक्त फेस्टिबलमा देखाइने फिल्म बाइबलीय मुल्यमान्यतामा आधारित हुनुपर्ने, फिल्म ३ देखि १५ मिनेटसम्मको लामो हुनुपर्ने, फिल्म नितान्त नयाँ तथा यूटुयुबमा अपलोड नगरेको हुनुपर्ने, एच.डि क्वालिटीमा हुनुपर्ने र छनौटको लागि फिल्म दिनुभन्दा अगाडी फारम भरेर पहिला नै पठाउनुपर्ने लगायतका नियमहरू छन् । सो फेस्टिबलमा देखाइने फिल्मको शुल्क नेपालको लागि एक हजार र नेपाल बाहिरबाट तीन हजार नेपाली रुपैया तोकेको छ ।

नेपाली ख्रीष्टियन इतिहासमै पहिलो पटक हुन लागेको यस ख्रीष्टियन फिल्म फेस्टिबलले ख्रीष्टियन फिल्मकर्मीहरूलाई एउटा साझा थलोको निर्माण गर्नेे, ख्रीष्टियन समुदायभित्र रहेका प्रतिभाहरूलाई उजागर गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने, समुदायलाई उत्साह दिने, जति पनि प्रेरणाका स्रोतहरू, जीवन गवाहीहरू जुन सत्यघटनामा आधारित छ, त्यसलाई फिल्मको माध्यमबाट देखाउने, मिडियाद्वारा प्रभुको राज्य विस्तारको लागि सुसमाचारको प्रचार प्रसार गर्ने, ख्रीष्टियन मिडियाको मुल्यमान्यताको स्पष्ट बुझाई आफ्नो समुदायलाई बताउने उदेश्यले सो ख्रीष्टियन फिल्म फेस्टिबलको आयोजना गर्न लागिएको डुलोस मिडियाका कार्यकारी निर्देशक रविन गुरुङले बताए ।

प्रथम बिजेता फिल्मका लागि २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ५ हजारका साथमा अवार्ड र प्रमाणपत्र दिने भने भोटिङ मार्फत पब्लिक च्वाइस अवार्ड दिइने आयोजकले बतायो । फिल्म फेस्टिबलमा सहभागी हुनको फारम भर्ने अन्तिम मिति मंसिर १ गतेसम्म खुल्ला गरिएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...