२०८१ जेष्ठ १, मङ्लबार
2024 May 14, Tuesday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

ख्रिस्टियन चलचित्र ‘नयाँ सृष्टि’को प्रिमियर शो सम्पन्न

८ जुलाई, २०१८

अजय कुमार सिन्तानको निर्माण र जिम्मी किरात राईको निर्देशन रहेको नेपाली ख्रिस्टियन चलचित्र ‘नयाँ सृष्टि’को हिजो ७ जुलाई, २०१८ शनिबारका दिन ललितपुरस्थित स्तुति प्रशंसा चर्चमा प्रथम प्रदर्शनको कार्यक्रम सम्पन्न भएको छ । रेम्नेन्ट मिडिया क्रियसनको प्रस्तुति रहेको सो चलचित्रमा रोशन सेवक, अजयकुमार सिन्तान, कुमार अब्राहाम, हीरा बोलन, सृष्टि सुनार आदिको मुख्य भुमिका रहेको छ ।

उक्त प्रथम प्रदर्शन कार्यक्रममा इसाई क्षेत्रका चचित गायक पा.ज्योतिकुमार सुनुवारलाई रेम्नेन्ट मिडिया क्रियसनले सम्मान समेत गरेको थियो । गीत र संगीतको माध्यमबाट नेपाली इसाई क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदानको कदरस्वरुप सो सम्मान गरिएको आयोजकले बताएको छ । सम्मानित गायकले आफूलाई सम्मान गरेकोेमा क्रियसनका टिम तथा परमेश्वरप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । सोही अवसरमा उहाँले आफ्ना प्रसिद्ध गीतहरू पनि प्रस्तुत गर्नुभएको थियो ।

यसका साथै चलचित्रका कलाकारलगायत विभिन्न क्षेत्रमा सहयोग गर्नेलाई सम्मानस्वरुप प्रेमको चिनो प्रदान गरिएको थियो । चलचित्र प्रदर्शनपछि हेर्ने दर्शकहरूले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका थिए ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...