२०८१ बैशाख ३१, सोमवार
2024 May 13, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

ख्रिस्टियन चलचित्र ‘100 Days’ को पाेस्टर सार्वजनिक, छिट्टै प्रदर्शनमा आउने

(काठमाडाैं, असार १४) अल्टर मिडियाकाे प्रस्तुतिमा निर्माण भएकाे चलचित्र ‘100 Days’ को पाेस्टर ललितपुरको नख्खुदोबाटोस्थित युनिभर्सल क्याफेमा हालै एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएकाे छ ।

यस चलचित्रका कलाकारहरू, मिडियाकर्मी लगायत ख्रिस्टियन फिल्मी क्षेत्रका विशिष्ट व्यक्तिहरूबिचको सहभागितामा एक कार्यक्रमको आयोजना गरि उक्त चलचित्रकाे पाेस्टर सार्वजनिक गरिएकाे थियो । सो कार्यक्रममा यस फिल्मका केही कलाकारहरूले उक्त चलचित्रमा अभिनय गर्दाको आफ्नो अनुभव सुनाउनुका साथै कथाले मागे अनुसार आफूले अभिनयमा न्याय गरेको विचार व्यक्त गर्नु भएको थियो । यस चलचित्रका निर्देशक तथा अभिनेता अरुण जङ्ग शाही (ठकुरी) ले आफूले निर्देशन गरेको अन्य चलचित्रहरू भन्दा यो फिल्म धेरै नै फरक रहेको जानकारी गराउनु भएको थियो । चलचित्र ‘100 Days’ काे सन्देश ख्रिस्टियन धर्मशास्त्र बाइबलमा आधारित रहि कसैले पनि घमण्ड नगराैं, आखिर बाँस पनि माथि पुगेर तल नै झुक्नु पर्छ भन्ने रहेको कुरा उहाँले बताउनु भएको थियो ।

हालै टिजर पनि सार्वजनिक गरिएको यस फिल्म प्रेम कथामा आधारित रहेकाे बताइएको छ । स्मरण रहोस्, चलचित्र ‘100 Days’आगामी श्रावण १९ गते स्टाफ कलेजमा पहिलोपल्ट प्रदर्शन गरेसंगै अन्य ठाउँहरूमा पनि रिलिज गरिने कुरा बताइएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...