२०८१ बैशाख १८, मङ्लबार
2024 April 30, Tuesday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

परमेश्वरको इच्छा र योजनालाई खोजौं

दिनेश श्रेष्ठ ।

हामीमा मानविय स्वभाव छ । धेरैजसो अवस्थामा हामीलाई मन परेका र गर्न मन लागेका कुराहरू गर्दछौं तर यसमा परमेश्वरको इच्छा के छ भनि हामी कहिल्यै खोज्दैनौं । आफूलाई मन परेको र इच्छाएको कुरा गर्न हामीलाई मन लाग्दछ अनि गरिसकेपछि त्योबाट आएको फाइदाबाट हामी परमेश्वरको लागि भनि केही भाग छुट्याउने गर्दछौं ।

बाइबल शास्त्र पहिलो शमुएलको पन्ध्र अध्यायमा साउल राजाले परमेश्वरको आज्ञालाई उल्लङ्घन गरी आफूलाई मन परेको इच्छा बमोजिम असल असल थोक र मोटामोटा भेडाबाख्रा राखेर त्योबाट केही भाग परमेश्वरलाई चढायो र आफ्नै तरिकाले परमेश्वरलाई खुशी पार्न खोज्यो तर परमेश्वर प्रशन्न हुनुभएन किनकि परमेश्वर चाहनुहुन्थ्यो कि परमेश्वरको विरुद्धमा उठ्ने अमालेकीहरूका सबै बस्तुसहित सबै ती अमालेकीहरूलाई नष्ट पार्न चाहनुहुन्थ्यो । साउल राजाले परमेश्वरको आज्ञालाई उल्लङ्घन गरी आफूलाई उचित लागे अनुसार काम गरे परिणाम परमेश्वरले ती कुरा मन पराउनुभएन । यतिमात्र होइन परमेश्वरले साउल राजालाई नै त्यागिदिनुभएको कुरो हामी पवित्र बाइबल शास्त्रबाट थाहा गर्दछौं ।

आज हामीहरू पनि साउल राजा झैं आफूलाई मन परेको र आफ्नै तरिकाले कतिपय कामहरू गर्दछौं अथवा हामी आफ्नो जीवन आफ्नै तरिकाले जिइरहेका हुन्छौं । त्यो परमेश्वरलाई मन पर्छ या पर्दैन भनि हामी कहिल्यै जान्न चाहन्नौं अथवा उहाँको इच्छालाई खोज्नै चाहँदैनौं तर त्यस कामबाट आएको फाइदाको केही भाग परमेश्वरको भाग यो हो भनि उहाँलाई चढाउँदछौं । मेरो काम वा मैले जिएको जीवन परमेश्वरले मन पराउनुभएको छ या छैन भनि हामी कहिल्यै खोज्दैनौं । आफैं आफ्नो इच्छा अनुसारका काम गरेर वा जीवन जिएर हामी उहाँको इच्छालाई खोज्ने काम गर्दनौं । अनि आफ्नो इच्छा पूरा गरिसकेपछि अन्तमा यो त परमेश्वरको भाग हो अथवा मेरो इच्छा पूरा भएको छ, परमप्रभु म तपाईंलाई बलिदान चढाउँछु भनि केही भाग चढाउने गर्दछौं तर त्यो उहाँले ग्रहण गर्नु भयो या भएन हामी खोज्ने कोशिष कहिल्यै गर्दैनौं तर पवित्रशास्त्र बाइबलको हितोपदेश २१ अध्यायको ३ पदमा यसरी लेखिएको छ, “जे ठिक र न्यायसंगत छ त्यही गर्नु परमप्रभुलाई बलिदान चढाउनुभन्दा बढी ग्रहणयोग्य हुन्छ।”

तसर्थ मेरा प्रियहरू, हामीले परमेश्वरको इच्छा र योजनालाई खोजौं र सोही मुताविक हामी आफ्नो जीवन जिउने कोशिष गरौं किनकि उहाँको इच्छा र योजना हाम्रो लागि ठिक र न्यायसंगत हुन्छन् । आफ्नो इच्छा र चाहना पूरा गरेर अन्तमा बलिदान चढाउनुभन्दा उहाँको ग्रहणयोग्यको जीवन जिउनु हाम्रो लागि आशिषमय र फललायी हुनेछ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...