२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

मेवा एक फाइदा अनेक

मेवाको रुखको प्रत्येक भागमा कुनै न कुनै औषधिय गुण पाइन्छ । प्राचिनकालदेखि नै मेवाको पातहरु घाउ सफ ागर्न दाद र दुखाई निको पार्न प्रयोग गरिंदै आएको पाईन्छ । यसको जरामा पिसाब लगाउने शक्ति हुन्छ मेवामा प्रयाप्त मात्रामा क्यारोटेन नामको तत्व हुन्छ, जसले शरीरका भिटामिन ए बनाउँछ । यसमा सोटासियम पनि पर्याप्त मात्रामा हुन्छन् । काँचो मेवा खानाले कब्जियतबाट छुटकारा दिलाउँछ । पाकेको मेवा कलेजोको विभिन्न समस्या समाधानका लागि लाभदायक हुन्छ । झाडा पखाला लागेका बेलामा पाकेको मेवाको सेवनले पाखाला बिस्तारै कम हुन्छ । कब्जियतमा पाकेको मेवाको २० देखि २५ वटा बीउ १० देखि १५ दिनसम्म दिनको २ पटक खाँदा कब्जियत हट्छ । मेवाको पातलाई आगोमा तताएर दुखेको ठाउँमा राख्दा दुखाई कम हुन्छ ।

मेवा रक्तअल्पता अर्थात शरीरमा रगतको मात्रा कम हुँदा पनि प्रयोग गर्न सकिन्छ । रक्तअल्पता हुँदा मेवाले औषधिको काम गर्छ । काँचो मेवाको तरकारी र पाकेको मेवा दिनमा २÷३ टुक्रा खाँदा सुत्केरीको दुध बढाउँछ । शरीरमा रगतको मात्रा वृद्धि गर्छ । यसले आँखालाई समेत फाइदा पु¥याउँछ र रतन्धो हुनबाट जोगाउँछ ।

  • १. छालामाः मेवा छालाका लागि निकै लाभदायी मानिन्छ, यो फेसप्याकको रुपमा प्रयोग गर्न सकिन्छ । यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ । फर्मेन्टेशन गरिएको मेवाको बोक्राले मरेका छालालाई पुनर्जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्छ । छालामा लागेको चोटमा पनि यो लाभदायी हुन्छ ।
  • २. कोलस्टेरोलमा ः अधिक मात्रामा फाइबर पाइने भएकाले यसल रगतको कोलस्टेरोल मात्रा घटाउँछ । यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट ह्दयघात हुने सम्भावना कम हुन्छ ।
  • ३. चाउरीपनामा ः मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट मुक्ति मिल्छ । यसले मानिसलाई युवा बनाइराख्छ ।
  • ४. पेटको समस्यामा ः मेवाको बियाँ पेटको रोगका लागि औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । यसले पेटका जुका तथा परजीवीलाई मार्छ । कन्स्टिपेसनका लागि पनि अचुक औषधि हो । यसले खानालाई प्राकृतिक रुपमा पचाउन मद्दत गर्छ ।
  • ५. तौल घटाउनमा ः उच्च पोषण र न्युन क्यालोरी हुने भएकोले तौल घटाउन चाहनेहरूका लागि यो फलदायी हुन्छ । जसको लागि मेवाको नियमित सेवन गर्नु पर्ने हुन्छ ।
  • ६. हाडजोर्नीको समस्यामा ः जलनशिलविरुद्धका इन्जाइम हुने भएकाले यसले दुखाई क मगर्न मद्दत पु¥याउँछ, खासगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीमा यो लाभदायी मानिन्छ । यसका क्यान्सरसँग लड्ने क्षमता पनि हुन्छ ।
  • ७. प्रतिरोधी क्षमता वृद्धिमा ः यो भिटामिन ए र भिटामिन सी को भण्डार नै हो, यसले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, खासगरी ज्वरो, रुघाखोकी भईरहने बिरामीलाई यसले फाइदा गर्दछ ।
  • ८. स्याम्पुको रुपमा ः मेवाका तत्व मिसाइएको स्याम्पु चाँया हटाउन निकै लाभकारी हुन्छ ।
  • ९. मिर्गौलाको समस्यामा ः विषसेवनका कारण मिर्गौला फेल भएको अवस्थामा मेवाले पुनः पुरानै अवस्थामा फर्काउन मद्दत गर्छ । यसमा भएका एन्टिअक्सिडेन्ट र अक्सिडेटिभले मिर्गौलालाई फेल हुनबाट बचाउँछ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...