२०८१ जेष्ठ १, मङ्लबार
2024 May 14, Tuesday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

अपेक्षा– २ मा लगानी राम्रो गर्नुका साथै धेरै मेहनत पनि गरेका छौं

रोशन सेवकको परिकल्पना र निर्माण रहेको नेपाली ख्रीष्टियन फिल्म अपेक्षा को अपार सफलतापछि रोशन सेवकले आफ्नो परिकल्पना र निर्देशन रहेको फिल्म अपेक्षा २ निर्माण पूरा गरी प्रदर्शनमा आएको छ । रोशन सेवक प्रा.लि.द्वारा निर्मित अपेक्षा २ का मुख्य निर्माता पास्टर तेज रोक्का र कार्यकारिणी निर्माताहरूमा रोशन सेवक, सुमन मगर, मानवीर विश्वकर्मा साथै प्रस्तुतकर्ता तथा निर्माता पास्टर पूर्ण रसाइलीको संयुक्त प्रयासमा निर्माण भएको हो । यसै फिल्मा परिकल्पनाकार तथा निर्देशक रोशन सेवकसँग यसै फिल्मका बारेमा गरिएको कुराकानी यहाँ प्र्रस्तुत गरिएको छ ।

आजभोलि के कुरामा व्यस्त हुनुहुन्छ ?

आजभोलि म अपेक्षा २ को च्यारिटी शोहरूको तयारी गर्दैछु । गत कार्तिक २५ गतेका दिन पुतलीसडकस्थित वेथशालोम चर्चमा च्यारिटी शो गरियो भने अन्य विभिन्न ठाउँहरूमा पनि शो को तयारी गर्दैछौं ।

यो अपेक्षा २ फिल्ममा पहिलो अपेक्षा फिल्मकै सिरियल हो कि अर्कै कथा छ ?

पहिलो अपेक्षा फिल्मकै निरन्तरता छ अपेक्षा २ फिल्म । अपेक्षामा कुल बहादुर चर्च मात्र गएको देखाइएको थियो तर यस फिल्ममा चाहिँ कुल बहादुर चर्च गएर उद्धार त पायो तर सुधार नपाएको कुरा यसमा देखाउन खोजिएको छ । ख्रीष्टियन भएपछि उ कसरी जिएको छ भन्ने देखाइएको छ र अर्को कुरा पास्टर सन्देशको सेवकाई गर्नु अघि कस्तो जीवन थियो भन्ने कुरा यसमा छ । अपेक्षा १ जसरी दर्शकले मन पराईदिनुभयो, त्यो भन्दा पनि अझ धेरै यसलाई मन पराइदिनुहुन्छ भन्ने कुरामा म ढुक्क छु ।

यस फिल्ममा दर्शकले पहिलो भन्दा के भिन्नता पाउनुहुने छ ?

अपेक्षा १ पनि उत्कृष्ट कथा र कमेडीले भरिएको फिल्म हो । यसमा पनि उत्कृष्ट कथा र कमेडी छ साथै राम्रो इक्युप्मेन्ट चलाएको छु । रेड क्यामरा, ड्रोन लगायतका नयाँ प्रविधिबाट यो फिल्म बनाएको छु । लोकेशन राम्रो छ, त्यसकारण सम्पूर्ण दर्शकले मन पराईदिनुहुनेछ ।

अपेक्षा २ कसरी जन्मियो ?

अपेक्षा १ फिल्ममा सबैको चाहना के थियो भने कुल बहादुर चर्च मात्र गयो, चर्चमा गएपछि प्रभुलाई ग्रहण गरेको कुरा देखाउनु पथ्र्यो, उसले पानीको बप्तिस्मा लिएको देखाउनुपथ्र्यो, उसले प्रभुमा जिउँदै गरेको कुरा देखाउनुपथ्र्यो भन्ने कतिजनाको चासो थियो । त्यसमा कता कता इन्डिङ भई नसकेको हो कि जस्तो महशुस गराएको थियो । त्यस कथालाई न्याय दिनलाई र आम दर्शकको चाहना पुरा गर्नुपर्छ कि भन्ने कुरा अपेक्षा १ को स्क्रिप्ट लेख्दा नै भएको थियो । त्यस कथालाई पूरा गर्न र दर्शकको माग पूरा गर्न यो फिल्म बनाइएको हो ।

यस फिल्मको मुख्य सन्देश चाहिँ के हो ?

ख्रीष्टियन जीवनको उदारचढावको विषयलाई लिएर कमेडी बेसमा बनेको यो फिल्ममा स्वर्गको ढोका मानिसको पुत्रले होइन तर परमेश्वरको पुत्र येशु ख्रीष्टले मात्र खोल्न सक्नुहुन्छ । उद्धार पाएपछि हाम्रो व्यवहारिक जीवन परिवर्तन हुनुपर्छ, दशांस डरले होइन तर स्वइच्छाले हाल्नु हाम्रो दायित्व हो र जुनसुकै समयमा अर्थात दुःख वा सुख जे भएता पनि हामी परमेश्वरमा धन्यवादी हुनुपर्दछ भन्ने सन्देश यस अपेक्षा २ फिल्मले दिन्छ ।

यसमा कलाकार को को हुनुहुन्छ ?

यसमा अपेक्षा फिल्मका मुख्य चार जना कलाकार राजु श्रेष्ठ, रोशन सेवक, निशा नेपाल र नविना श्रेष्ठ दोहोरिनुभएको छ भने बाँकी नयाँ ख्रीष्टियन कलाकार यसमा हुनुहुन्छ । कुमार अब्राहाम, जिम्मी किरात राई, रञ्जिता कार्की, पास्टर तेज रोक्का, सुमन मगर, पास्टर रोहित ढकाल, ज्याक गुरुङ, सुरेश असिम, मानवीर विश्वकर्मा, विशाल श्रेष्ठ, विक्रम राना मगर, जीवन थापा, पावल तोलाङ लगायत थुप्रै कलाकार हुनुहुन्छ ।

अघिल्लो फिल्मभन्दा उत्कृष्ट प्रविधि प्रयोग गर्नुभएको रहेछ, निश्चय नै लगानी बढी छ, कसरी त्यो लगानी उठाउन सक्नुहुन्छ ?

जसरी पहिले चर्चमा गएर च्यारिटी गरेका थियौं, यसपाली पनि त्यसरी नै देशका विभिन्न चर्चहरूमा गएर च्यारिटी शो गर्नेछौं र लगानी उठाउनेछौं । अर्को कुरा राम्रो मुभि बनेको छ, अवश्य नै दर्शकले हेरिदिनुहुन्छ । मलाई विश्वास छ, जसरी फिल्म बनाउँदा परमेश्वरको अनुग्रह पायौं । तोकिएको समयमा नै कुनै पनि बाँधा व्यवधान विना फिल्म सुटिङ सक्यौं र आशिषको महशुस ग¥यौं र मलाई विश्वास छ, मेरो फिल्मले लगानी उठाउनेछ । साथै च्यारिटी शो गरिसकेपछि फिल्म हलमा पनि चलाउने तयारी गर्नेछौं ।

आगामी दिनको योजना चाहिँ के के छ ?

यसपछि अनुग्रहको तयारी हुँदैछ,स्क्रीप्ट र गाना तयार भइसकेको छ । यो फिल्म चाहिँ युवा वर्गलाई लक्षित गरेर बनाउन लागेको फिल्म हो ।

अन्तमा के भन्न चाहनुहुन्छ ?

फिल्मद्वारा मानिसहरूको जीवन परिवर्तन गर्न सकिन्छ, यसलाई सुसमाचारको माध्यम बनाउन पनि सकिन्छ । त्यसकारण सबै ख्रीष्टियन दाजुभाई तथा दिदीबहिनीहरूले यो फिल्म हेरिदिनुहोला । जसरी अपेक्षा १ फिल्मलाई माया गरिदिनुभयो, त्यो भन्दा पनि यस फिल्मलाई माया गरी हेरिदिनुहोला किनभने यसमा हामीले लगानी राम्रो गर्नुका साथै धेरै मेहनत पनि गरेका छौं । ख्रीष्टियन कलाकारहरूको सृजनालाई प्रेम गरी माया गरिदिनुभयो भने आगामी दिनमा हामी अझ उत्कृष्ट ख्रीष्टियन फिल्म दिन सक्छौं ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...