२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

अनुहारको सुन्दरताका लागि घरेलु उपायहरू

-निशा श्रेष्ठ

हामीले आफ्नो अनुहारको छालालाई स्वस्थ, सुन्दर, नरम, चम्किलो, दाग र चाउरी रहित बनाएर सदाबहार सुन्दरता कायम गर्नका लागि कस्मेटिकको पसलहरूमा गएर महङ्गो सौन्दर्यका सामानहरू किनेर प्रयोग गरिरहनु पर्दैन, न त ब्युटिपार्लरहरूमा नै धाउन जरुरी छ । हामी विना पैसा पनि हाम्रो वरिपरि पाइने सामाग्रीहरूबाट प्राकृतिक सौन्दर्य प्राप्त गर्न सक्छौं र आफ्नो भईरहेको रूप र सौन्दर्यलाई दुई गुणा बृद्धि गर्न सक्छौं । यसको लागि हामीलाई धैर्य, समय र त्यस सम्बन्धि जानकारी भए पुग्छ । सबैभन्दा सजिलो उपाय पानीलाई नै लिन सकिन्छ । प्रायः जस्तो मानिसहरूको पानी धेरै पानी खाने बानी हुँदैन । पानी खाँदा पेटको विभिन्न रोगबाट बच्नुको साथै हाम्रो आँखा पनि चम्किलो हुन्छ र रक्तसञ्चार राम्रो हुन्छ । साथै अनुहारमा सधैं ताजापन छाइरहन्छ । आफ्नो रूप र सौन्दर्यको लागि अलिकति ध्यान दियौं भने हामी लामो समयसम्म राम्रो देखिन सक्छौं । अतः हामी हाम्रो अनुहारको सौन्दर्य बढाउनको लागि निम्न घरेलु प्रशाधनहरू प्रयोग गरेर फाइदा लिन सक्छौं ।

  • एक चम्चा मह र एक चम्चा बेसनलाई दूधमा पेष्ट बनाएर दिन दिनै मुख धुने गरेमा अनुहार सफा र राम्रो हुन्छ ।
  • राती सुत्ने बेलामा दूधमा बदाम पिधेंर बनाएको लेप अथवा मह र कागती मिलाएको लेप अनुहारमा लगाउने र विहान बेसन र दूधले मुख धोएमा अनुहार चम्किलो हुन्छ ।
  • शुद्ध बेसारमा दही एक चम्चा मिसाएर अनुहारमा लगाउने र १५—२० मिनेट पछि सफा पानीले मुख धुने गर्नाले अनुहार मुलायम हुनुका साथै चम्किलो हुन्छ ।
  • हरेक दिन एउटा आलुको रस र काँक्रोको रस मिसाएर अनुहारमा लगाउने र १५ मिनेट पछि मुख सफा गर्नाले अनुहार सफा र चम्किलो हुन्छ ।
  • हरेक दिन एउटा गोलभेडाको रस अनुहारमा लगाउने र १५—२० मिनेट पछि मुख धुनाले अनुहार सफा, मुलायम र चम्किलो हुन्छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...