२०८१ बैशाख १८, मङ्लबार
2024 April 30, Tuesday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

हामीले परिस्थिति बदल्ने होइन तर मनस्थिति बदल्न सक्नुपर्दछ

– पास्टर रोहित ढकाल,

संसारका मानिसहरू बनिएका बाटोमा हिँड्छन् तर परमेश्वरका मानिसहरू जहाँ हिँडछन्, त्यहाँ बाटोहरू आफै बन्छ । किनभने हामी इतिहासमा देख्न पाउँछौँ कि संसारका मानिसहरू बनिएका र भइरहेको बाटोमा हिडिरहेका थिए तर परमेश्वरका जन इस्राएलीहरू चाहिँ मिश्र देशबाट निस्कने बेलामा लाल समुन्द्र घोर चुनौती बनेर अगाडि थियो, कुनै पनि शास्त्र, कुनै पनि वस्तुले, कुनै पनि तोपले निमार्ण गर्न नसकिने, कुनै पनि प्रविधिले निर्माण गर्न नसक्ने समुद्र उनीहरूको अगाडि थियो । उनीहरूको एक पाइलाले त्यहाँ समुद्रमा बाटो निर्माण गरेको छ । परमेश्वरका मानिसहरू जहाँ हिँड्छन्, त्यहाँ बाटो आफै बन्छ किनभने परमेश्वरका मानिसहरूमा उहाँको निगाह हुन्छ ।

परमेश्वरले उहाँका मानिस हामीहरूलाई उहाँको सन्तान भनि बोलाउनुभएको छ । उहाँ अब्बा पिता हुनुभएको कारणले हाम्रा हरेक कुराहरू उहाँ जान्नुहुन्छ अनि बुझ्नुहुन्छ । प्रियहरू धेरैपल्ट मानिसहरूले इन्कार गर्छन्, धेरैचोटीको इन्कार चाहिँ चुनिएको बन्छ । राहाब वेश्यालाई हेरौं, मानिसहरूले इन्कार गरे तर परमेश्वरले चुन्नु भएर उहाँको कामको निम्ति प्रयोग गर्नुभयो । नोआलाई पनि मानिसहरूले इन्कार गरे, बुढो के गर्दैछ ? डाँडामाथि बसेर जहाज बनाउँदैछ भनेर मानिसहरूले गिल्ला गरे तर परमेश्वरले विशेष योजनाको लागि त्यस कार्यलाई चुन्नुभयो । अनि योसेफलाई पनि आफ्नै दाजुभाईहरूले इन्कार गरे, खाल्टोमा हालिदिए, कुटे, बेचिदिए तर परमेश्वरले उहाँको कामको लागि चुन्नुभयो । हरेकचोटी मानिसहरूले इन्कार गरेको कुरा नै परमेश्वरले चुनिएको कुरा भएको छ । आज धेरै मानिसहरू परिस्थिति अनुसार दौडिरहेका छन्, परिस्थिति जता जता गयो, मानिसहरू पनि त्यतात्यता गइरहेका छन् । परिस्थिति अनुसार उनीहरूमा मानसिक रोग छ, परिस्थिति अनुसार उनीहरू आफ्नै एक प्रकारको माहोलमा जिइरहेका छन् तर बाइबल धर्मशास्त्रले हामीलाई यसरी भन्दछ कि हामीले परिस्थिति बदल्ने होइन तर मनस्थिति बदल्न सक्नुपर्दछ । परिस्थितिमा त पानी परिरहेको छ, परिस्थितिमा पूरा बादल लागेको छ तर हामीले छाता लिएर हिंडने मनस्थिति बनाउनुपर्छ । परिस्थितिमा पानी परेको छ भनेर घरमा सुतेर बस्ने, आफ्नो कामको पुरा समय गुमाउने होइन तर छाता लिएर हिँड्न सक्नुपर्छ । परिस्थिति त आज भन्दा २००० वर्ष अघि पनि नाजुक थियो । परिस्थिति भनेको ख्रीष्टियनहरूलाई काट्ने हो, मार्ने हो, परिस्थिति कहिले पनि हाम्रो समर्थनमा हुँदैन । परिस्थितिले त जहिले पनि हामीलाई नाश पार्न खोज्छ । हिजोको राजनितिज्ञहरूले पनि ख्रीष्टियनहरूलाई मार्ने, तलबाट चिर्ने, उत्तानो पारेर चिर्ने, दायाँबाट चिर्ने नै गरेको थियो तर उनीहरूलाई जस्तो परिस्थिति भएपनि तिनीहरूको मनस्थिति प्रभु येशुलाई प्रकट गर्नु नै थियो । आज पनि हाम्रो देशको परिस्थिति त्यस्तै होला । धर्म परिवर्तन निषेधित क्षेत्र हो भनेर घोषणा गरेको छ होला । हामी त परिस्थितिमा हल्लेलूयाह, होसन्ना, आमेन भनेर पर्खेर बस्ने होइन । ती परिस्थितिसँग डराउने होइन तर मनस्थिति बदलेर जस्तोसुकै परिस्थिति आओस्, जेसुकै परिस्थिति होस्, मेरो मनस्थिति चाहिँ येशुलाई देखाउनु नै हो भनेर हामी लाग्छौँ भनेदेखि प्रभुले हामीमा काम गर्नुहुन्छ ।

अर्को कुरा, हामीले अरु मानिसहरूको इतिहास रट्ने होइन । अमेरिका, जापान, कोरिया वा विकसित देशहरूको इतिहास मात्र हामीले रट्ने होइन, बाइबलको इतिहास मात्र हामीले रट्ने होइन । अब्राहामको जीवनी मात्र हामीले रट्ने होइन, दाउद यस्तो, अब्राहाम यस्तो, इजकिएल यस्तो, यशैया यस्तो भनेर उनीहरूको जीवन मात्र रट्ने होइन, हामीले इतिहास रच्न सक्नुपर्दछ । अबको भोलिको पुस्ताले तपाईंको र मेरो नाम लिनुपर्दछ । परमेश्वरले भन्नुहुन्छ कि तिमीहरू इतिहास रट्ने मात्र होइन तर इतिहास रच्ने व्यक्ति हुन सक्नुपर्दछ । तपाईं यस संसारको सबभन्दा उत्तम आश्चर्यकर्म हुनुहुन्छ ।

संसारमा हामी जति आश्चर्य र अनौठो आश्चर्यकर्म यस संसारमा अरु कोही पनि छैन र कोही हुन पनि सक्दैन । आज संसारका मानिसहरूले पूरै आश्चर्यकर्म खोज्दै हिँडदैछन् । आश्चर्यकर्मलाई खोज्दैछ, चंगाईलाई खोज्दैछ, अभिप्रेरणालाई खोज्दैछ तर बाइबलले भन्दछ कि तपाईं यस संसारको सबभन्दा उत्तम आश्चर्यकर्म हुनुहुन्छ । हामी देख्न सक्छौँ, हामी हिँड्न सक्छौँ, हामी छुन सक्छौँ, हामी बस्न सक्छौँ, हामी सुत्न सक्छौँ, उठ्न सक्छौँ अनि खान सक्छौँ । आज धेरै मानिसहरू छन्, जो बस्न सक्दैनन्, उठन सक्दैनन्, खान सक्दैनन् र हिँड्न सक्दैनन् । उनीहरू दोधारमा बसिरहेका छन् तर परमेश्वरले हामीलाई यस्तो मनस्थिति दिनुभएको छ कि हामी ख्रीष्टमा जहाँ पनि जान सक्छौँ, जे पनि गर्न सक्छौँ । त्यसै कारणले गर्दाखेरी तपाईं यस संसारको सबभन्दा उत्तम आश्चर्यकर्म हुनुहुन्छ ।

अन्तमा, हिजो तपाईंको दिन कस्तो थियो, त्यसको कुनै मतलब छैन । हिजो तपाईं को हुनुहुन्थ्यो, त्यसको मतलब हुँदैन तर बाइबलले भन्दछ कि एउटा महिमादेखि अर्को महिमासम्म । अनि हिजोको दिनमा तपाईं कस्तो हुनुहुन्थ्यो, हिजोको दिनमा तपाईं राहाब वेश्या जस्तै हुनुहुन्थ्यो होला वा नोआ जस्तो हुनुहुन्थ्यो होला, हिजोको दिनमा अनाज्ञाकारी व्यक्ति हुनुहुन्थ्यो होला तर भोलि तपाईंको राम्रो हुनेवाला छ । हिजोको दिनलाई देखेर, हिजोको दिनलाई सम्झेर पुर्पुरोमा हात लाएर तपाईं भर्याङमुनि बस्न छोड्दिनुहोस् अब भोलिको दिनलाई सम्झेर तपाईं रमाउनुहोस् किनकि भोलिको दिनमा तपाईंको प्रभु तपाईंलाई लिनलाई बादलको सवारीमा आउँदै हुनुहुन्छ । कुनै पनि बन्दुकले प्रभुलाई रोक्न सक्दैन अनि कुनै पनि तोपले रोक्न सक्दैन । संसारको कुनै पनि कानूनले रोक्न अनि छेक्न सक्दैन । किनकि तपाईं यस संसारको सबभन्दा उत्तम आश्चर्यकर्म हुनुहुन्छ । सम्पूर्ण युवाहरूलाई मेरो यही नै सन्देश छ । परमेश्वरले तपाईंलाई आशिष दिनुभएको होस् ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...