२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

विश्व सण्डे स्कुल डे र नेपालमा बाल संगति

गत नोबेम्बर ५ तारिख विश्व सण्डे स्कुल डे अर्थात बाल संगति सुरु भएको दिनको सम्झनामा विश्वका विभिन्न मण्डलीहरूमा बिभिन्न कार्यक्रम गरी मनाइयो । सन् १७३६ सेप्टेम्बर महिनाको १४ तारिखका दिन युकेको ग्लुचेस्टरमा जन्मिएका रोबर्ट राइकेसले १७७६ मा सण्डे स्कुल सुरुवात गरेका हुन् ।

एक दिन रोबर्ट आÇनो कार्यालयमा बसिरहेको अवस्थामा सडकमा केहि बालबालिकाहरू हल्ला गरी खेल्दै गरेको दृश्यले रोबर्टलाई बालबालिकाहरूको लागि केहि गर्ने सोचको जन्म भएको हुन्छ, जसको फलस्वरूप सन् १७७६ मा पहिलो पटक बालबालिकाहरूलाई मण्डलीमा ल्याई सिकाउने र पढाउने काम सुरु गरे । त्यो भन्दा पहिले मण्डलीमा बालबालिकाहरूको निम्ति छुट्टै संगति भनेर सुरु गरिएको थिएन । सुरुका दिनहरूमा रोबर्टले बाइबलबाट बिभिन्न पदहरूलाई प्रयोग गरी बालबालिकाहरूलाई सिकाउने गर्दथे, बाइबलका पदको साथमा सामाजिक मूल्य मान्यता, संस्कृतिका कुराहरूलाई समेत सिकाउने गरिन्थ्यो । रोबर्ट ग्लुचेस्टर जर्नल न्युज पत्रिकाको प्रकाशक र सम्पादक समेत रहेको थिए । सन् १७७६ मा युकेबाट सुरु भएको सण्डे स्कुलको परिकल्पनालाई आज विश्वभर विकाशित हँुदै लाखौं बालबालिकाहरूलाई ख्रीष्टको प्रेममा डो¥याउने काम भइरहेका छ । सुरुका दिनहरूमा सण्डे स्कुललाई आत्मिक कुरालाई मात्रै प्राथमिकता नदिई बालबालिकाहरूको सर्वाड्डीण विकासलाई आधार मानेर सञ्चालन गर्ने गरिन्थ्यो । जसको फलस्वरूप ८६ प्रतिशत भन्दा धेरै बालबालिकाहरू सण्डे स्कुलमा उपस्थित हुने गर्दथ्यो । रोबर्टको कार्यकालमा यो परिकल्पना अनि अभियान सफल भयो पनि उनको मृत्यु पश्चात भने बालबालिकाहरू सण्डे स्कुलमा उपस्थित हुने क्रम कम हँुदै गएको इतिहासबाट थाहा गर्न सकिन्छ ।

नेपालको ख्रीष्टियन मण्डलीको इतिहासलाई हेर्ने हो भने पनि सुरुवातका दिनहरूमा मण्डलीमा बालबालिकाहरूको लागि खासै बाल संगति अर्थात शनिबार स्कुल सञ्चालन गरेको पाइदैन । बिभिन्न देशहरूबाट मिसनरीहरू आएका मण्डलीहरूमा मात्रै बालबालिकाहरूको निम्ति बाल संगति गरिएको भएता पनि सबै स्थानीय मण्डलीहरूलाई समेट्न सकिरहेको थिएन । रेभ. एलिया प्रधानको अनुसार ती दिनहरूमा नेपालमा करिब ४०÷५० वटा जति सुनिएका र थाहा भएका मण्डलीहरू थिए, सबै मण्डलीहरूमा एक रुपता थिएन, कतिमा मिसनरीहरू भएको बेला बालबालिकाहरूको निम्ति मण्डलीमा भएका बालबालिकाहरू जम्मा गरी बाइबलका कथा, गीतहरू सिकाइन्थ्यो तर निरन्तर भने हुन सकेको थिएन । बिक्रम सम्बत २०३२ सालदेखि पोखराको बागबजार मण्डलीबाट उहाँ आफैले मण्डलीमा भएका नानीहरूलाई बाइबलीय शिक्षा सिकाउने र आत्मिक रुपमा हुर्काउने काम सुरु भयो र पछि यस प्रकारको सेवकाइ नेपालका मण्डलीमा अति नै आवश्यक छ भन्ने कुरा त्यस बेलाका मण्डलीका पास्टर अगुवाहरूको प्रार्थना र छलफल पछि रेभ. एलिया प्रधानले बिक्रम सम्बत २०४० सालमा आधिकारिक रुप नेपालमा पहिलो बाल संगतिलाई सञ्चालन गर्न र सुब्यवस्थित गर्नको लागि नेपाल बाल शिक्षा संगति भनेर सुरु गरिएको थियो । करिव बिक्रम सम्बत २०३० सालदेखि नेपालको राजधानीका धेरै मण्डलीहरूमा आÇनै स्रोत साधन प्रयोग गरी बाल संगति सुरु गरिएको पाइन्छ । २०४६ सालको जनआन्दोलन पछि भने नेपालमा धेरै बालबालिकाहरूको माझमा सेवकाइ गर्नको निम्ति विभिन्न संघसंस्था स्थापना भएको कुरा रेभ. एलिया प्रधानको रहेको छ ।

युकेबाट सुरु भएको सण्डे स्कुल अर्थात् बाल संगति आजसम्मको विश्व इतिहासलाई हेर्ने हो भने अधिकांश ब्यक्तिहरूले आÇनो बाल्य अवस्था अर्थात बाल संगतिबाट नै येशु ख्रीष्टलाई आÇनो मुक्तिदाता भनेर स्वीकार गरेको तथाङ्ग रहेको छ । विशेष गरी चार वर्षदेखि चौध वर्ष उमेरका बालबालिकाहरू जो बाल संगतिमा सहभागी हुन्छन्, उनीहरूले यहि उमेरमा नै ख्रीष्टमा आÇनो जीवन अर्पण गर्ने गर्छन् । जुन कुरालाई मध्ये नजर गर्दै अहिले यहि समुहका बालबालिकालाई लक्षित गरी बाल कार्यक्रमहरू सञ्चालन गरिंदै आइरहेको छ । आज हरेक मण्डलीले आÇना मण्डलीमा भएका बालबालिकाहरूको निम्ति विशेष प्राथामिकातामा राखी अगाडि बढ्न सक्यो भने युरोप अमेरिकामा भएका मण्डलीहरूले जस्तै आउने पुस्ता गुमाउनु नपर्ने हुन्छ । आउने पुस्ताहरूलाई राम्रो रेखदेख र ख्रीष्टको सत्यतामा डो¥याउनु अति आवश्यक देखिन्छ । यी पुस्तालाई अहिलेदेखि नै असल चेलापनमा हुर्काउन सकियो भने भबिष्यका दिनहरूमा असल ब्यक्तिहरू, परिवार, समाज अनि राष्ट्रको लागि तयार हुनेछन् । यसकारण यो जिम्मा सम्पूर्ण ब्यक्ति, परिवार, मण्डलीको ठूलो भूमिका रहने भएको हुँदा यो पुस्तालाई लगानी गर्नमा कञ्जुस्याई नगरी अगाडि बढ्नु पर्ने देखिन्छ । बाल संगति र बाल सेवकाइ अर्थात् बालबालिकाहरूको सर्वाड्डीण विकासमा मण्डलीको ठूलो भूमिका रहेको छ ।

प्रस्तुतिः प्रकाश पाख्रिन

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...