२०८१ बैशाख २२, शनिबार
2024 May 4, Saturday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

मेरो कार्यकालमा त्यो काम गर्नेछु, जुन नगरी हुँदैन

एनसिएफ नेपालका नवनिर्वाचित अध्यक्ष पास्टर हनोक तामाङ

एनसिएफ नेपाल के उद्देश्यले सुरु भएको हो ?

एनसिएफ नेपालको इतिहास हेर्दाखेरी तत्कालिन समय सन् १९६० मा जुन बेला यो सुरुवात भयो यो संगति, यो एउटा विशेष खाँचोको महसुस गरेर सुरुवात भएको संगठन हो । खाँचो भनेको चाहिँ नेपालमा त्यो बेला औंलामा गन्न सक्ने विश्वासी जनहरू हुनुहुन्थ्यो र एउटा इसाईले पूर्व मेची पश्चिम महाकालीसम्म जहाँ जहाँ छरिएर रहे तापनि एउटाले अर्कोसँग निर्भयता रुपले एकसाथ आएर संगति गर्न सक्ने भन्ने उद्देश्यले यो सुरुवात भएको हो । संगति नै एनसिएफको मूल उदेश्य हो किनभने त्यतिबेला संगति नै एउटाले अर्कालाई साथ, सान्त्वना, साहस दिने र प्रार्थना गरिदिने एउटा माध्यम थियो । त्यतिखेरको समाजमा विद्यमान रहेका कानुनी व्यवधानहरू इसाईको एउटा विवेकपूर्ण विचार समाजमा सजिलो थिएन । यो भन्दा पछिलो समयमा आएर एनसिएफ अरु परियोजना, सभा सम्मेलन तथा अरु धेरै कुराहरू गर्ने काम पनि भयो ।

अहिले एनसिएफ नेपालसँग कति चर्चहरू आबद्ध छन् ?

संख्या गनेर संख्यामुखी मानिसचाहिँ म हैन । संख्याको कुराभन्दा पनि गुणात्मक पक्षलाई ध्यान दिनुपर्छ । एनसिएफसँग भएको आमा चर्चहरू हालसालै मैले सुनें अनुसार २००० भन्दा पनि बढी छन् जुन चर्चहरूको मोटामोटी रुपमा धेरै शाखा चर्चहरू छ तर सालाखाला गर्दा तीन वटै शाखा चर्चहरू गर्दा ६००० त रहयो नि । ४००० र ६००० मा त म त्यति भिन्नता देख्दिन तर एउटा गणीतीय दृष्टिकोणले हेर्दा त्यो देखिन्छ । कोही चर्च यस्तो पनि छ जसको २३–२४ वटा शाखा चर्चहरू छन् । आराधना चर्चकै एक जमानामा ७०–८० जति थियो तर पछि बिकेन्द्रिकरण गरेपछि सबै आफ्नै प्रकारले चलिरहेको छ ।

एनसिएफले अहिलेसम्म के गरिराखेको छ ?

आत्माको एकता कायम राख्न, शान्तिको वचनमा परिश्रम गर्न यसको नारा नै हो । एनसिएफको अहिलेको अवस्था हेर्दा आफ्नो काम राम्रै गरी राखेको छ र प्रगति गरेर अघि बढी रहेको छ । एनसिएफ बिभिन्न जटिल परिस्थिति भएर जाँदैछ अनि एनसिएफसँग रहेको अवस्था भनेको १४ वर्ष अघि रहेको अवस्था होइन किनभने यसको चुनौती नयाँ छ र त्यही चुनौती एनसिएफ अनुसार अघि जाँदैछ । अहिले आएर नेपाल ख्रीष्टियन समाज, राष्ट्रिय ख्रीष्टियन महासंघ जस्तो संस्थाहरूसँग तालमेल मिलाएर जाँदा चुनौतीपूर्ण अवस्था भएर जाँदैछ । यतिखेर चाहिँ एनसिएफले आफ्नो ज्येष्ठपनको पाकोपन प्रदर्शन गरेर सबैलाई सकारात्मक दृष्टि राखेर जानु चाहिँ राम्रो होला जस्तो लाग्छ । पहिलाको अवस्थाको तुलनामा आत्मिकी तवरले एनसिएफ निकै अघि बढेको छ ।

तपाईंको तीन वर्षको अध्यक्ष कार्यकालमा नेपाली मण्डलीहरूलाई एनसिएफ मार्फत कसरी डो¥याउने योजना छ ?

अब यो तीन वर्षको कार्यकालमा काम गर्दाखेरी म सामुहिक कार्यमा विश्वास गर्ने भएकोले अरु निर्वाचित, पाको र सक्षम व्यक्तिहरूमा मलाई आशा र विश्वास छ । मेरो कार्यकालमा त्यो काम गर्नेछु जुन नगरी हुँदैन । सेवकाईको सम्बन्धात्मक सुत्रधार बिकास गर्ने काम हुनेछ । मेरो कार्यकालमा मुख्य तीन कुराहरूलाई कायम गरिनेछः पहिलो चाहिँ अन्तरसम्बन्धको दृष्टिकोण हो जसले ठीक सम्बन्धलाई कायम गर्ने र बेठीक सम्बन्धलाई चाहिँ सुधार गर्नु हो । हाम्रो आन्तरिक चर्च बीचको सम्बन्ध र सम्बन्धबाट बाहिर रहेको अरु साम्प्रदायिक चर्चहरूसँग पनि सम्बन्ध विस्तार गर्ने दृष्टिकोण रहेको छ । एनसिएफले विगतमा धेरै सदस्य चर्चहरूलाई गुमाएको छ । एनसिएफको केन्द्रिय कार्यलय र सदस्य चर्चहरूको सम्बन्धको दुरीलाई हेरेर चिसोपनको फाइदा उठाएर हाम्रा धेरै चर्चहरू हामीबाट पलायन भएको इतिहास छ । दोश्रो कुरा सम्बन्धको आधारमा संगतिको वातावरण तयार गर्ने, सहि सम्बन्ध विनाको संगतिले कुनै अर्थ राख्दैन । यसकारण अरु सम्प्रदायहरूसँग पनि सम्बन्ध र संगति राख्ने मनसाय छ । तेश्रो कुरा चाहिँ मेरो कार्यकालमा सहकार्यको एउटा आत्मालाई विकास गर्ने, हामी एउटा विना अर्को अपुरो छौं । त्यसैले हामी सहकार्यको एउटा सस्कार विकास गर्ने जसमा स्वस्थमय सहकार्यको पाटोहरू हुन्छ ।

नेपाल ख्रीष्टियन समाज, राष्ट्रिय ख्रीष्टियन महासंघ तथा अरु संस्थाहरूसँग एनसिएफको अब कस्तो सम्बन्ध हुनेछ ?

सबै जनासँग हाम्रो सम्बन्ध, संगति र सहकार्य रहनेछ । सबै जना हाम्रै दाजुभाइ र आफन्त हुन् । सबै संस्थाले त्यही सोच्नु प¥यो । हाम्रा आफ्ना एजेन्डाहरू चाहिँ मिल्दैन होला तर एकआपसमा एउटै परमेश्वरसँगको संगति त मिल्छ नि । हामीले जेठापन, माइलोपन र कान्छोपनभन्दा पनि हामी एक अर्काको परिपुरक हुनुपर्दछ । सम्बन्ध र सहकार्य अनुसार महासंघले एनसिएफसँग चल्न चाहेन भने म रित्तो हुन्छु । महासंघलाई एक किसिमको आवश्यक्ता छ या छैन मलाई थाहा छैन तर एनसिएफलाई महासंघको आवश्यकता छ । एनसिएसलाई एनसिएफको आवश्यकता छ या छैन थाहा छैन तर एनसिएफलाई एनसिएसको आवश्यकता छ । उहाँहरू बिना हामी अपुरो हुनेछौं । हामीहरू ख्रीष्टको आत्मिकी घर बन्न तयारी छौं, यसकारण हामीलाई एक अर्काको खाँचो छ । हाम्रो साझा उद्देश्य येशुको राज्य फैलाउने हुनुपर्छ र ख्रीष्टको घर बनाउने हुनुपर्छ ।

एनसिएफले एनसिएस र महासंघको सेवाको कामलाई टेवा दिने काम गर्छ कि जेष्ठ संस्था भएकोले आपूmले पनि त्यो आवाज उठाउन पाउनु पर्छ भन्छ ?

पारिवारिक सम्बन्धभित्र जेठा, माइलाको कुरा आउँदैन तर परिवारको समस्टी आत्मा हुन्छ । पारिवारिक मनसायमा तँ ठूलो, म ठूलो भन्ने हुँदैन । हामी एक अर्काको लागि परिपुरक अंगहरू हौं । जसरी हामीले एक अर्कालाई हेर्दैछौं, एनसिएफले एनसिएसलाई, एनसिएफले महासंघलाई हेर्ने दृष्टि माथिबाट आएको सही दृष्टिकोण हो भने एक अर्कालाई स्वीकार गर्न सक्छ । यदि विवेकले नै सहि होइन भन्दैछ भने त्यो माथिबाट नआएको हुनसक्छ । स्वार्थ नभएको सम्बन्ध मात्र संसारदेखि स्वर्गसम्म पुग्दछ । हाम्रो व्यक्तिगत योजना होइन तर सबैको साझा योजना होस् जुन वातावरणमा काम गर्न रमाइलो हुन्छ ।

एनसिएफले युवाहरूलाई कसरी हेर्छ र कसरी परिचालन गरिराखेको छ ?

१४ वर्षभन्दा अगाडि एनसिएफको राष्ट्रिय युवा संगति थियो । एनसिएफ वल्र्ड इभान्जलिकल एलाइन्सको सदस्य पनि हो र त्यसको युवाहरूसँग पनि आबद्ध छ । युवाहरूको शक्ति, सहयोग र सहभागिता अपरिहार्य छ । हाम्रो चर्चहरूमा प्रायः कार्यहरूमा जवानहरूलाई अग्रपंक्तिमा राख्छौं । हाम्रो क्षेत्र सफा गर्नेदेखि लिएर पुल्पिटको अवस्थादेखि जति सक्दो सम्भव भएसम्म हामी युवाहरूलाई उत्साह, सशक्तिकरण र ठीक मार्गमा देश, समाज र समुदाय निर्माण गर्ने कुरामा निर्देश गर्न चाहन्छौं ।

तपाईको कार्यकालमा मिडियाले के अपेक्षा गर्ने अथवा मिडियासँग कसरी काम गर्नुहुनेछ ?

म फेसबुक प्रेमी होइन तर भतिजले फेसबुकमा फोटोहरू हाले पछि धमाधम बधाईका कामनाहरू आउन थाल्यो । अहिलेको जमाना भनेको मिडिया अर्थात आम सञ्चारको हो । यस्तो मूल्यवान कुरासँग मेरो कार्यकालमा नजिक नहुने कुरा नै आउँदैन । तर मिडियाले स्वच्छ पत्रकारिता गर्नु आवश्यक छ । पत्रकारले स्वच्छ पत्रकारको धर्म ननिभाउँदा यहाँ धेरै हो लाई होइन, होइन लाई हो भन्ने छवि ल्याउने र चरित्र हत्या गर्ने कुराहरू धेरै भएका छन् ।

अन्तमा के सन्देश दिन चाहनुहुन्छ ?

ख्रीष्टका सबै समुदाय हामी एक अर्काका परिपुरक अंगहरू हौं । हामीले गरेका कुराहरूमा वैचारिक र नेतृत्व भिन्नताहरू छन् तर उद्देश्यमा मन्थन हुन सक्दैन । उद्देश्य भनेको ख्रीष्टको देहमा निर्माण हुँदै जाने भन्ने हो, जुन देहको शीर ख्रीष्ट हुनुहुन्छ । हाम्रो उद्देश्य भनेको राष्ट्रमा ख्रीष्ट उचालिनुभएको होस् । हामी यो बिऊलाई एकसाथ मिलेर बिजारोपण गरिराख्नुप¥यो । उद्देश्यमा कहिल्यै पनि सम्झौता गर्नु भएन । त्यो उद्देश्यको दर्शनलाई पूरा गर्न कसैले पूर्व, पश्चिम, उत्तर र दक्षिणमा सुरु गर्ला, कसैले धेरै गर्ला, कसैले थोरै गर्ला, त्यो आफ्नै ठाउँमा छ तर हामीले एक अर्कासँग सहकार्य गरी हामीले येशुलाई यस देशबाट महिमा दिनुपर्छ । यसमा लाग्ने सबै समुदाय र जवानहरूको ख्रीष्टमा सुन्दर जीवन छ । मेरा अग्रजहरू, समझदार साथीहरू, नेपालमा भएका चर्चहरू हामी सबै एक अर्काको परिपुरक भएर काम गर्दै जाऔं ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...