२०८१ बैशाख २४, सोमवार
2024 May 6, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

मेसी र नेयमारलाई उछिन्दै रोनाल्डो भए वर्ष खेलाडी

अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) ले क्रिस्टियानो रोनाल्डोलाई गत ओेक्टोबर २३ तारिखका दिन सन् २०१७ को उत्कृष्ट पुरुष खेलाडी घोषणा गरेको छ । रिल म्याड्रिड र पोर्चुगलका फरवार्डले उत्कृष्ट पुरुष खेलाडीको होडमा बार्सिलोनाका लियोनस मेसी र पेरिस सेन्ट जर्मन (पीएसजी) का नेयमारलाई उछिन्दै यस वर्षका वर्ष खेलाडी हुन सकेका छन् । सन् २०१६—१७ को सिजनमा ३२ वर्षीय रोनाल्डोले रियललाई स्पेनी ला लिगा र युरोपेली च्याम्पियन्स लिग जिताउन मद्दत गरेका थिए । गत वर्ष पछि रोनाल्डोले यो अवार्ड हात पारेका थिए । त्यति बेला उनको नेतृत्वमा पोर्चुगलले युरो २०१६ जितेको थियो । यसपल्टको च्याम्पियन्स लिग फाइनलमा रियलले युभेन्ट्सलाई ४—१ ले पराजित गर्दा रोनाल्डोले त्यसमा दुई गोल गरेका थिए ।

लगातार दोश्रो वर्ष मैले उत्कृष्ट खेलाडीको अवार्ड पाएँ, यो भन्दा खुशी अरु के हुन सक्छ र ?, रोनाल्डोले प्रतिक्रिया दिएका छन् । फिफाले गरेको घोषणामा बार्सिलोना र नेदरल्यान्ड्सकी लेके मार्टेन्स उत्कृष्ट महिला खेलाडी घोषणा भइन् । यस्तै उत्कृष्ट पुरुष प्रशिक्षकमा जिनेदिन जिदान र महिला प्रशिक्षकमा नेदरल्यान्ड्सकी सारिना वेगमन घोषित भइन् ।

आर्सनलका ओलिभर जिरोडले सन् २०१७ को उत्कृष्ट गोलका लागि पुरस्कार पाए । उनले जनवरीमा क्रिस्टिल प्यालेसविरुद्ध गोल गरेका थिए । त्यस गोललाई स्क्रोपियन किक नाम दिइएको छ । फिफाले अलग्गै बेस्ट फुटबल अवार्ड दिन थालेको यो दोश्रो वर्ष हो । यसअघि बेलन डे’अरसँग मिलेर अवार्ड दिने गर्दथ्यो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...