२०८१ बैशाख २२, शनिबार
2024 May 4, Saturday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

प्रधानमन्त्रीलार्इ ज्ञापन पत्र बुझाएकाे सन्दर्भमा अाएकाे कुरा ख्रीष्टियन समुदायलाई मन नपराउने कतिपय मिडिया तथा केहि व्यक्तिले यस कुरालाई बंग्याएर महासंघको बदनाम गराउन लागेको हर्कत मात्र हो

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि. गहतराजसँग हालै विघटित भएको संसदले पारित गरेको र राष्ट्रपतिबाट अनुमोदन भएको फौजदारी विधेयक लगायतका समसामयिक बिषयमाथि यस ख्रीष्टियन खबरका सम्पादक दिनेश श्रेष्ठले गर्नुभएको ताजा अन्तर्वार्ता प्रस्तुत गरिएको छ ।

अस्ति यहाँहरूले पत्रकार सम्मेलन गरेर विघटित संसदले पारित गरेको र हालसालै राष्ट्रपतिबाट पनि अनुमोदन भएको फौजदारी विधेयक ख्रीष्टियन समुदायको लागि स्वागतयोग्य छ भन्नुभयो, त्यो विधेयक कसरी स्वागतयोग्य छ ?

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल नेपाली ख्रीष्टियन समुदायको हकहित, स्थायित्व र पहिचान स्थापित गर्नको लागि विगत लामो समयदेखि निरन्तर क्रियाशिल रहेको निकाय हो । मैले नेपालको बैधानिक कानुन २००४, २००७, २०२१ र २०४७ सालको संविधानसम्म राम्रोसँग अध्ययन गरेको छु । यो फौजदारी विधेयक आउनु अगावै पनि २०४७ सालको संविधानमा पनि धर्मलाई मौलिक हकमै राखिएको थियो र जबर्जस्त धर्म परिवर्तन गराउनेलाई दण्डनीयको व्यवस्था पहिलेकै संविधानमा थियो । पहिलेकै संविधानमा परम्परा चलिआएको धर्मलाई खलल पु¥याउने, परिवर्तन गराउन खोज्नेहरूको लागि दण्डनीय व्यवस्था पहिलेदेखि नै थियो र अहिले पछिल्लो चरणमा जसरी फौजदारी विधेयक जारी भयो, यो फौजदारी विधेयकलाई राम्रोसँग अध्ययन गरौं, यसका सभापति रामनारायण विडारी, संविधानविद् लगायतसँग हामीले छलफल ग¥यौं । यो फौजदारी विधेयकमा भएको धार्मिक अधिकारसम्बन्धी भएको कुरा सामाजिक ऐन अन्तर्गत राखिनुपर्नेमा किन फौजदारी विधेयकमा राखियो भनि प्रश्न गर्ने ठाउँचाहिँ छ । हालै बनेको कानुनलाई गहन तरिकाले अध्ययन ग¥यौं भने जवर्जस्त गरेर वा प्रलोभन देखाएर धर्म परिवर्तन गराउनेहरूका लागि दण्डनीय सजाय तोकेको हो तर व्यक्तिको धार्मिक स्वतन्त्रता त ग्यारेन्टी गरेको छ, जसले गर्दा यस विधेयकले ख्रीष्टियन समुदायलाई क्षति पु¥याउने देखिंदैन । जवरजस्त धर्म परिवर्तनका पक्षमा ख्रीष्टियन समुदाय छैन किनभने प्रभु येशुले पनि भन्नुभएको छ, यसकारण जाओ र सबै देशका मानिसहरुलाई चेला बनाओ, पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ । तर उहाँले यहाँ जवर्जस्त गरेर भन्नुभएको छैन नि, त्यसैले हामी जवर्जस्त धर्म परिवर्तनका पक्षमा छैनौं । कतिपय मानिसका नियतले हामीलाई असर पारे बेग्लै कुरा हो तर यस विधेयकले हामीलाई असर पार्ने कुनै ठाउँ म देख्दिन । यो अल्पसंख्यकको पक्षमा पनि छ तर हामीलाई फौजदारी ऐन २०७४ मा धर्मलाई फौजदारी कसुरमा राखेकोमा मात्र आपत्ति हो, यसलाई सामाजिक कसुरमा राख्नुपर्दथ्यो । त्यो बाहेक अरू सबै स्वागतयोग्य नै छ ।

त्यसो भए कतिपय ख्रीष्टियन अगुवाहरूले किन यस विधेयकलाई विरोध गरेका होलान् त ?

यो विधेयक आगामी वर्ष २०७५ भदौ महिनादेखि मात्र लागू हुन्छ, त्यसैले अन्धाले हात्तीको पुच्छर छामेजस्तो मात्र भएको हो, यो लागू भएपछि यी सबै भ्रम चिरेर जान्छन् । यस विधेयकले धर्म प्रचारलाई बन्देज गरेकै छैन । बाध्यतामा पारेर, प्रलोभन देखाएर र धम्क्याएर धर्म परिवर्तन गराउनेका लागि मात्र यो विधेयक बाधक हो । हामी ख्रीष्टियनले कसैलाई पनि जवर्जस्त रुपमा धर्म परिवर्तन गराउने पक्षमा कोहि पनि छैनौं जस्तो मलाई लाग्छ । अब कतिपय साथीहरूले किन विरोध गरेका छन् भने धर्म परिवर्तन गराउन बन्देज ग¥यो भनि विरोध गर्नुका कारण कतिपयले आफ्नो राजनीतिक अभिष्ट पूरा गराउनका लागि, त कतिलाई प्रोजेक्ट बनाएर नेपालमा धर्म परिवर्तन गर्न रोक्यो भनि पैसा देऊ भनि पैसा माग्नका लागि हो, यहाँ त कतिपयले विदेशीसँग पैसा माग्न थालिसकेका छन् । हामी यी सबै भ्रम चिर्नलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ख्रीष्टियन समुदायमा सरकारी निकायका मानिसहरूलाई पनि राखेर नेपालको संविधान र कानुन विशेष गरी फौजदारी विधेयकको भाव के हो भनेर व्यापक रुपले छलफल र बहस चलाउनेछौं । यहि विधेयकलाई केन्द्रीत गरी देशव्यापी अभियान बनाउँछौं ।

यहाँ अरूलाई येशु ख्रीष्टलाई ग्रहण गराउँदा, पानीको बप्तिस्मा दिंदा पास्टरले त धर्म परिवर्तन गराएको ठहरिन्छ नि त भनि कतिपयले तर्क गर्छन् नि, यस सम्बन्धमा के भन्नुहुन्छ ?

मण्डली भनेको पवित्र धार्मिक स्थल, आस्था र भावनासँग जोडिएको कुरा हो । म सबै पास्टर तथा अगुवाहरू सबैलाई आग्रह गर्न चाहन्छु कि अब तपाईंहरूले जो कोहिलाई ग्रहण गराउँदा र पानीको बप्तिस्मा दिंदा एउटा निवेदन दिन लगाएर म प्रभु येशुलाई ग्रहण गर्न र उहाँको बाटोमा हिड्न तयार छु, म स्वइच्छाले येशु ख्रीष्टलाई ग्रहण गर्न चाहन्छु र म पानीको बप्तिस्मा लिन चाहन्छु भनि निवेदन लेख्न लगाई दुई औंठाको छाप सहित हस्ताक्षर गराई लिनुहोस् र प्रक्रिया पु¥याउन सुझबुझकासाथ ऐन, कानुन पढ्नु प¥यो र आवश्यक अभिलेख राख्नुप¥यो नि । कसैलाई झुक्याएर हामीलाई ख्रीष्टियन बनाउनु छैन नि होइन र ? यहाँ जवर्जस्त धर्म परिवर्तन गराउनेलाई दण्ड सजाय छ तर कसैले म ख्रीष्टियन बन्छु, येशुलाई ग्रहण गर्छु र पानीको बप्तिस्मा लिन्छु भन्ने व्यक्तिलाई ग्रहण गराउँदा र पानीको बप्तिस्मा दिंदा कसरी जवर्जस्ती गरेको ठहरिन्छ र ! कोहि खराब नियतले आएको छ भनि हामीलाई थाहा हुँदैन, त्यसैले सुझबुझका साथ पास्टर तथा अगुवाले आफू जोगिन ग्रहण गराउँदा र पानीको बप्तिस्मा दिंदा होसियारी अपनाउनु पर्ने चाहिँ हुन्छ । कानुन खराब छैन तर मानिसको खराब नियत छ । यहाँ कानुनबाट भन्दा पनि मानिसको खराब नियतबाट हामी जोगिनुपर्दछ ।

केहि दिनअघि तपाईंहरूले प्रधानमन्त्री शेर बहादुर देउवा लगायत नेपाली कांग्रेसका बरिष्ठ नेताहरूसँगको भेटमा आगामी चुनावमा नेपाली कांग्रेसलाई सहयोग गरेर जाने सहमति गर्नुभयो भन्ने यहाँ हल्ला छ त ?

सम्मानीय प्रधानमन्त्रीलाई भेट गर्न र ज्ञापन पत्र बुझाउन महासंघको ठूलो टोली प्रधानमन्त्री निवास वालुवाटार पुगेको हो र त्यहाँ नेपाली कांग्रेसका बरिष्ठ नेताहरू सहित भएको भेटमा हामीले आफ्ना ज्ञापन पत्र पेश गरेका हौं । हामीसँग राज्यले गरेको ३ बुँदे र ६ बुँदे सहमति कार्यान्वयन र ख्रीष्टमस पर्वमा दिंईदै आएको सार्वजनिक विदा फेरी कायम गर्न माग गरेका हौं र सो पूरा गर्ने प्रतिज्ञा पनि गर्नुभएको हो । जे कुरा त्यहाँ भएको छ, त्यसलाई ठूला मिडियाले पनि प्रचार गरेको छ, देखाइएको छ । हामीले हाम्रा माग मात्र पेश गरेका हौं तर त्यहाँ कुनै सहमति भएको छैन भनि सबैलाई स्पष्ट पार्न चाहन्छौं । ख्रीष्टियन समुदायलाई मन नपराउने कतिपय मिडिया तथा केहि व्यक्तिले यस कुरालाई बंग्याएर महासंघको बदनाम गराउन लागेको हर्कत मात्र हो । यसका कुनै सत्यता छैन । महासंघ सम्पूर्ण नेपाली मण्डलीहरूको छाता संगठन हो । यसले कुनै राजनीतिक दलको पक्ष लिंदैन तर सबै ख्रीष्टियन समुदायको पक्ष लिएर हकहितको लागि क्रियाशिल रहने संगठन हो । हुनसक्छ महासंघभित्र विभिन्न राजनीतिक दलप्रति आस्था राख्ने ब्यक्ति हुन सक्छ तर महासंघले कुनै पनि राजनीतिक दलको पक्ष लिएर वकालत गर्दैन र गर्न सक्दैन । अतः म सबै ख्रीष्टियन दाजुभाई तथा दिदी बहिनीहरुरूलाई यस्ता हल्लाको पछि नलाग्नु हुन र आउन लागेको निर्वाचनमा आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रपूर्वक मतदान गर्न महासंघ हार्दिक अपिल गर्दछौं ।

पछिल्लो समयमा महासंघले पनि राजनीति गर्न थाल्यो भन्छन् नि, खास यथार्थता के हो ?

यो महासंघ ख्रीष्टियन समुदायको हकहित, स्थायित्व, पहिचानका लागि क्रियाशिल रहने भएकोले विभिन्न राजनीतिक दलको सामु जाने र आफ्ना कुरा राख्ने, छलफल र बहस गर्नुपर्ने हाम्रो बाध्यता हो र त्यसरी कुरा गर्दैमा हामीले कसरी राजनीति ग¥यो र ! यसलाई त्यसरी नबुझिदिनुहुन अनुरोध गर्दछु ।

अनि एपि मसिहा पार्टीसँग महासंघको नाम जोडिदै आउने गर्छ त, किन होला ?

यो सरासर गलत भ्रम हो । यसमा कुनै सत्यता छैन । एपि मसिहा पार्टीमा मानिसहरू पहिले महासंघमा थिए भन्ने आधारमा यो कुरा आएको होला । उहाँहरूले राजनीति गर्न पार्टी खोलिसकेपछि महासंघसँग उहाँहरूको कुनै सम्बन्ध छैन भनि स्पष्ट पार्न चाहन्छु । यस्ता नचाहिने कुराका पछि नलाग्नु हुन र यस्ता भ्रम नर्छनु हुन सबैलाई अनुरोध गर्दछु ।

अन्तमा के भन्न चाहनुहुन्छ ?

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल नेपाली मण्डली, ख्रीष्टियन समुदायकै हकहित र संरक्षण गर्नका लागि क्रियाशिल रहेको संस्था हो । समग्र समुदायको हितको लागि नै हामी क्रियाशिल छौं । त्यसैले तपाईंहरू सबैले महासंघले गरिरहेको कामको लागि प्रार्थना सहित साथ र सहयोग गरिदिनुहोला । महासंघप्रति अनावश्यक धारणा बनाउनु र हल्लाको पछि नलाग्नुहुन सबैमा अनुरोध गर्दछौं । धन्यवाद ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...