२०८१ बैशाख २३, आइतवार
2024 May 5, Sunday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

राफेल नाडाल युएस ओपन टेनिसको दोस्रो चरणमा

– एजेन्सी भदौ १४, काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी राफेल नाडाल युएस ओपन टेनिसको दोस्रो चरणमा उक्लेका छन् । अमेरिकाको न्यूयोर्कमा जारी वर्षको अन्तिम ग्रान्डस्लाम टेनिसअन्तर्गत पहिलो चरणको खेलमा सर्वियाका डुसान लाजोभिचलाई ७–६, ६–२ र ६–२ ले हराउँदै नाडाल दोस्रो चरणमा पुगेका हुन् । पुरुष एकलकै अन्य खेलमा अमेरिकी खेलाडी सान्डग्रेनलाई हराउँदै क्रोएसियाका मारिन सिलिच, फ्रान्सका जायल्स सिमोनलाई हराउँदै अमेरिकाका साम क्वेरे, रुसमा ड्यानिएल मेदभेदेभलाई हराउँदै क्यानडाका सापोभालोभ र रोमानियाका मारियस कोपिललाई हराउँदै फ्रान्सका जो विल्फ्रेड सोङ्गा पनि दोस्रो चरणमा पुगेका छन् । उता महिलातर्फ साविक विजेता एन्जेलिक केर्बर पहिलो खेलबाटै बाहिरिएकी छिन् । छैटौं वरियताकी जर्मन खेलाडी केर्बरलाई जापानकी नाओमी ओसाकाले ६–३ र ६–१ को सोझो सेटमा पाखा लगाईन् ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...