२०८१ बैशाख २२, शनिबार
2024 May 4, Saturday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

हाम्रो जीवनको सहारा येशू

– मनिषा विश्वकर्मा
हाम्रो जीवनको सहारा येशू
अन्धकार थियो जीवन संसारमा हुँदा – २
उज्यालो ज्योति भयो जीवन अहिले ख्रीष्टलाई पाउँदा – २
संसारमा धेरै छन् जसले दिदैनन् सधैँ ज्योति – २
येशू ख्रीष्ट नै हाम्रो जीवनको बहुमुल्य ज्योति – २
जीवन हाम्रो निराश थियो संसारमा जिउँदा – २
आशाविहिन छैन जीवन अब ख्रीष्ट येशूमा रहँदा – २
सबै प्राणीलाई दिनुहुन्छ येशू ख्रीष्टले साहारा – २
अरु कोहि होईनन् येशू नै हाम्रो जीवनको सहारा – २
धेरै आए संसारमा हामीलाई अल्मल्याउन – २
तर येशू आउनुभयो संसारमा ज्योति ल्याउन – २
येशू ख्रीष्ट नै हाम्रो जीवनको सबैथोक हुन् – २
उहाँको आज्ञा तोड्यौँ भने गराउनुहुन्छ हामीलाई दीन – २
जीवनको यात्रामा भेँट्यौ हामीले धेरै मित्रहरु – २
प्रभु तपाईलाई राख्दछौँ हामी हाम्रो आत्मा भित्र – २
हामीहरु सधैँ सधैँ प्रभु तपाईकै घरानाको हौँ – २
केहि गरि तिर्न सक्तिनँौ हाम्रो पापको लागि उठाउनुभएको गुण – २
प्रभु तपाई सधैँ सधैँ सबै मानिसहरुको मनमा आउनु – २
प्रभु तपाई नै सधैँ सधैँ सबै मानिसहरुको दिलमा छाउनु – २
-मनिषा विश्वकर्मा तनहुँ– खैरेनीटार

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...