२०८१ बैशाख २३, आइतवार
2024 May 5, Sunday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

प्रण गरें मैलेः

– अरूणा छन्त्याल खोलासरी जिन्दगी,बग्दाबग्दै प्रवाहमा, पत्थरमा बज्रिदै, ढुंगा-मुढासित ठोक्किदै, अन्तमा त्यो विशाल, शान्त समुद्र बनी रहिदिने प्रण गरें मैंले | क्याक्टससरि जिन्दगी, प्रचण्ड मरुभूमिमा, प्यासले आकुल-व्याकुल हुँदै, माइरेजमा झुक्क्किदै, सुन्दर सिउँडी फूल बनी फूलिदिने प्रण गरें मैले | परमेश्वर, छन् मेरो साथमा, मेरो विरुद्धमा को खडा होला र ? निडर साहसी बनी डर त्यागिदिने प्रण गरें मैले | जसले मलाई दिनुहुन्छ शक्ति, म जे पनि गर्न सक्छु उहाँमा, ‘सक्दिनँ’ भन्ने कायरता अब तोडिदिने प्रण गरें मैले | उहाँको वचन, मेरा गोडाको निम्ति बत्ती, मेरो बाटोको निम्ति उज्यालो, उहाँकै औंला समाती, ताती गर्दै, दौडमा एकदिन विजयी बन्ने प्रण गरें मैले | हिमालजस्तो जिन्दगी, चुलिदा-चुलिदै उचाइमा, हिउँमा क्याम्प्रोंसको डोब राख्दै, बरफलाई फोड्दै, खुड्किला उक्ली, त्यो शिखर चुम्ने प्रण गरें मैले | शिखर चुम्ने प्रण गरें मैंले |

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...