सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

अमेरिकामा बिएनसिएको युवा शिखर सम्मेलन शुरू

६ जुलाई, काठमाडौं । अमेरिकामा रहेका नेपालीभाषी भुटनिज् चर्चहरूका युवाहरूको सहभागितामा बिएनसिए दोस्रो युवा शिखर सम्मेलन हिजो बिहीबार अमेरिकी समय अनुसार बिहान ९ बजे भव्य समारोहकाबिच अमेरिकाको न्यूयोर्कस्थित रोचिस्टरमा उद्घाटन गरी सुरू भएको खबर प्राप्त भएको छ ।

बिएनसिए युवा समितिका अध्यक्ष पास्टर ईन्द्र कोइरालाले बिएनसिए युवा शिखर सम्मेलनमा अमेरिकाका विभिन्न स्टेटबाट सहभागी हुन आएका सयौं युवायुवतीका प्रतिनिधिहरूलाई औपचारिक रुपमा स्वागत गर्नुभएको थियो । त्यस सम्मेलनमा सहभागी हुनुभएका ख्रिस्टियन प्लार्टफमका अध्यक्ष तथा संचारकर्मी अब्राहाम दियालीका अनुसार हिजो सम्पन्न भएको कार्यक्रमको पहिलो उद्घाटन सत्रमा पास्टर सिलाश थापाले वचनबाट सिकाउनु भएको थियो भने अन्य बक्ताहरूले पछिल्लो सत्रहरूमा परमेश्वरको वचनबाट जोशिलो प्रचार गर्नुभएको थियो । यो शिखर सम्मेलनको पहिलो दिन एउटा मोबाइल याप्स, तीन ओटा भजन एल्बम र कन्टयाक्ट डाइरेक्ट्रीको विमोचन पनि गरिएको थियो ।

आज र भोलिसम्म चल्ने यो बिएनसिए युवा शिखर सम्मेलनमा अन्य विभिन्न वक्ताहरूले विभिन्न शीर्षकहरूमा परमेश्वरको वचनद्वारा सिकाउनु हुनेछ भने विभिन्न समूहमा विभाजन भै विभिन्न बिषयमा कार्यशाला पनि संचालन हुने कुरा जनाइएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...