सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

ख्रीष्टियन महासंघको विश्वव्यापी सद्भावदूतहरूको शिखर सम्मेलन हङकङमा शुरु

२०७६ कार्तिक २२, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको विश्वव्यापी सद्भावदूतहरूको पहिलो अन्तर्राष्ट्रिय शिखर सम्मेलन आज हङकङमा शुरु भएको छ ।


सो शिखर सम्मेलनलाई त्यस सम्मेलनका प्रमुख अतिथि तथा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष श्री सि.बि. गहतराजले विधिवत रुपमा उद्घाटन गर्नुभएको छ । आजबाट शुरु भएको महासंघको विश्वव्यापी सद्भावदूतहरूको त्यस शिखर सम्मेलनमा महासंघका प्रवास विभाग संयोजक पास्टर निमा घिसिङ, अन्तर्राष्ट्रिय सल्लाहकार राजु बराइली, महासंघले मनोनयन गरेका विभिन्न राष्ट्रमा रहेका सद्भावदूतहरू तथा प्रतिनिधिहरूका साथै महासंघका केन्द्रिय पदाधिकारीहरू लगायतको सहभागिता रहेको छ ।


आगामी नोभेम्बर ११ तारिखसम्म चल्ने सो शिखर सम्मेलनलाई नेपाली ख्रीष्टियन काउन्सिल हङकङले स्थानीय रुपमा होष्ट गरेको जनाइएको छ । सो काउन्सिलका अध्यक्ष तथा हङकङका सद्भावदूतका रुपमा पास्टर जेम्स कोरङ्गी रहनुभएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...