सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

बेथेल बचत तथा ऋण सहकारीको १२औं साधारण सभा सम्पन्न

ललितपुर । बेथेल बचत तथा ऋण सहकारी संस्थाको बाहौ साधारण सभा गत आइतबार संस्थाका अध्यक्ष बि.एन. पण्डितको अध्यक्षतामा बागडोलस्थित बेखाज् पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

साधारण सभामा बेथेल सहकारीका अध्यक्ष पण्डितले संस्थाको आ.व. ०७९/०८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने संस्थाका कोषाध्यक्षले सहकारीको लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । त्यस्तै, लेखा सुपरीबेक्षण समिति र ऋण उपसमितिका संयोजक सरमन तामाङले यी दुवै समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

बाहौ साधारण सभामा पास्टर घनश्याम दाहालले बेथेल सहकारीको मोबाइल बैंकिङ याप्सको उद्घाटन गर्नुभयो । बेथेल सहकारीको लागि मोबाइल बैंकिङ याप्स बेथेलको इतिहासमा निकै उपलब्धिमूलक काम भएको बताउनु भयो । कार्यक्रममा बेथेल सहकारीका सल्लाहकार बर्णवास श्रेष्ठले शुभकामना मन्तब्य दिनुभयो । त्यसक्रममा उहाँले सहकारीहरूको भिडमा बेथेल एक फरक पहिचानसहित र आर्थिक पारदर्शी भएको सहकारी संस्था भएको भन्दै बेथेल सहकारीको निकै नै प्रशंसा गर्नुभयो ।

संस्थाका अध्यक्ष पण्डित र सल्लाहकारहरूको वाहुलीबाट असल बचतकर्ता तथा ऋणी र संस्थाहरूलाई सम्मान पत्र वितरण गर्नुभयो भने साधारण सभालाई पुरुषोत्तम न्यौपानेले कुशलतापूर्वक सञ्चालन गर्नु भएको थियो भने शुरुको प्रार्थना पास्टर अशोक मुखियाले अगुवाइ गर्नुभएको थियो ।

साधारण सभामा उपस्थित कार्य समिति पदाधिकारीहरू, शेयर सदस्यहरू, बचतकर्ताहरू, पत्रकारहरू र पाहुनाहरूलाई बेथेल सहकारीका उपाध्यक्ष निरज बोहराले स्वागत मन्तब्यद्धारा स्वागत गर्नुभयो ।

कार्यक्रममा गायक राजु तामाङले दुई वटा ह्दयस्पर्शी गीत गाउनुभयो भने जेन्टल हार्ट समूहका बालबालिकाहरूले नृत्य प्रस्तुत गरेका थिए । साधारण सभाको अन्तिम प्रार्थना नेपाल ख्रीष्टियन समाजका अध्यक्ष प्रकाश सुब्बाले गर्नुभयो । त्यस्तै, साधारण सभामा सहभागीहरू सबैलाई अध्यक्ष पण्डितले हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

सो साधारण सभामा अधिकृत चन्द्र डंगोल, पास्टर वर्णवास श्रेष्ठ, पास्टर घनश्याम दाहाल र एल्डर पूर्णबहादुर सुनुवार लगायतकाहरू अतिथिको रुपमा हुनुहुन्थ्यो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...