सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

कञ्चनपुर, २०८० असोज १२ गते । रेभ.डा. नरीराम लुहार ‘बिनोद’ले पवित्र बाइबल सम्मत लेख्नुभएको १२औँ पुस्तक “चेलापन”को विमोचन आज एक समारोहकाबिच विमोचन भएको छ ।

वि.सं. २०६६ सालमा नेपाल सरकारमा दर्ता भएर कञ्चनपुर जिल्ला भिमदत्त न.पा. वडा नं. ९, ब्रह्मदेवमा हालसम्म निरन्तर रुपमा सञ्चालन भइरहेको ख्रीष्ट महिमा मण्डली सुदूरपश्चिम प्रदेश, नेपालको ब्रह्मदेव अन्तर्गत नेपाल इन्स्टिच्यूट अफ थियोलोजिकल स्टडिज (निट्स) बाइबल कलेजको भवनमा आज वि.सं. २०८० साल असोज १२ गते शुक्रबारका दिन पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

ख्रीष्ट महिमा मण्डली र निट्स बाइबल कलेजका संस्थापक तथा निर्देशक, गोल्ड मेडलियन, वल्र्ड रेकर्ड होल्डर, “राष्ट्रिय शिक्षा रत्न अवार्ड–२०२१” र “ग्लोबल बेष्ट प्रोफेसर गोल्डन पीकक् अवार्ड–२०२१” विजेता रेभ.डा. नरीराम लुहार ‘बिनोद’ले पवित्र बाइबल सम्मत लेख्नुभएको १२औँ पुस्तक “चेलापन”को विमोचन भएको हो । विशेष गरी विश्वासी जनहरू सबैलाई लक्षित गरी लेखक डा. लुहारले लेख्नुभएको पुस्तक विश्वभरिका नेपाली भाषी सम्पूर्ण जन–समुदायको लागि एउटा आशिषको श्रोत हुने लक्ष्य राखिएको छ ।

लेखक रेभ.डा. लुहारले सभाध्यक्षता गर्नुभएको उक्त कार्यक्रमकोे प्रमुख अतिथिको रुपमा कञ्चनपुर जिल्लाकै ख्रीष्टियनहरूको धरोहरको रुपमा रहेका, सुसमाचार र मण्डली स्थापनमा इतिहास बोक्नुभएका, एकदमै सम्माननीय र प्रथम व्यक्तित्व, विजय एल बेथेल चर्च पुनर्वासका संस्थापक तथा बरिष्ठ पास्टर आदरणीय रेभ. काम सिंह तामाङ्ग हुनुहुन्थ्यो ।

त्यसैगरी अति माननीय र श्रद्धेय व्यक्तित्व विजय एल बेथेल चर्च पुनर्वासका संस्थापक गुरुआमा तथा विपरित संस्कृतिमा आएर पनि मानव जातिको सर्वाङ्गिण विकासमा दिलोज्यानले निःस्वार्थ रुपमा खटिई जेल–नेलसहित अति दुःख–कष्ट सहेर कञ्चनपुरमा येशू ख्रीष्टको आज्ञालाई मानी परमेश्वरको योजना पूरा गर्न लागि पर्नु भएकी महान् नारी श्री हेक्ली तामाङ्ग विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो ।

उक्त कार्यक्रममा विशिष्ट अतिथिकै रुपमा मञ्चमा आसिन उच्च सम्मान बोक्नु भएका, कञ्चनपुर जिल्लाकै मण्डली इतिहासका कर्मठ योद्धा, समर्पित र उदाहरणीय व्यक्तित्व, सुदूरपश्चिम प्रदेशका एन.सि.एफ.का क्षेत्रीय अध्यक्ष, शान्ति आराधना चर्च पुनर्वासका संस्थापक तथा बरिष्ठ पास्टर रेभ. खडक सिंह तामाङ्ग रहनुभएको थियो ।

त्यसैगरी सुसमाचार प्रचारक, चङ्गाइको वरदान पाएका र प्रार्थनाका जीवित योद्धा, कञ्चनपुर जिल्लामा ख्रीष्टियन जगतमा अविष्मरणीय छाप छोड़ेका, नमुनायोग्य व्यक्तित्व तथा सिनै चर्च पुनर्वासका बरिष्ठ पा. मंगबिर तामाङ्ग लगायत निवर्तमान कञ्चनपुर जिल्ला समन्वय समितिका अध्यक्ष आदरणीय श्री पैmरु तामाङ्ग, निट्स बाइबल कलेजका रजिष्ट्रार तथा भिमदत्त नगर इसाई समाजका अध्यक्ष रेभ.महेश राम लावड़, सुदूरपश्चिम प्रदेश मण्डली सशक्तिकरण अभियानका निर्देशक पा. प्रदिप तामाङ्ग, निट्स बाइबल कलेज लुम्बिनी प्रदेशका निर्देशक पा. भुप बहादुर घर्ती मगर र ख्रीष्ट महिमा मण्डलीका संस्थापक सदस्य श्री दुर्गा देवी लुहार विशिष्ट अतिथिको रुपमा रही कार्यक्रमको शोभा बढ़ाउनुभएको थियो ।

नेपालका १३ वटा जिल्लाका आदरणीय पास्टररू लगायत मित्र राष्ट्र भारतका ३ वटा प्रदेशका गरी करिब १५० जना सहभागीहरूको प्रत्यक्ष उपस्थितिमा आयोजित कार्यक्रमको सञ्चालन पा.खुसी राम चौधरीले गर्नुभएको थियो भने अतिथि महोदयहरूमा पा. बल बहादुर तामाङ्ग, पा. ठुङ ग्रोङ तामाङ्ग, श्री लक्ष्मण पार्की, पा. मित्र राम तामाङ्ग, पा. होम राज खनाल, पा. बिस राम भुल, पा. जितेन्द्र तिरुवा, पा. सागर मसिह, श्री भरत लुहार, श्री सन्जय ओड, पा. श्याम घर्ती मगर, श्री रन्जिता राना र पा. मर्कूस तामाङ्ग हुनुहुन्थ्यो ।

पा. होमराज खनालले सुरुको प्रार्थना र पा. भुप बहादुर घर्ती मगरले स्वागत मन्तव्य राख्दै औपचारिक रुपमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि र ४ जना विशिष्ट अतिथि महोदयहरूको संयुक्त बाहुलीद्वारा “चेलापन” पुस्तकको विमोचन गरिएको थियो भने प्रमुख अतिथिले पुस्तकको प्रभावकारी सफलताको लागि प्रार्थनामा अगुवाई गर्नुभएको थियो ।

पा. आमोस सोबले आराधनामा अगुवाइ गर्नुभएको कार्यक्रममा श्रद्धेय अभिभावकहरूलाई बाटोको मुख्य प्रवेश–द्वारबाट छलिया बाजा र नाचगानका साथ स्वागत गर्दै हलमा निम्त्याइएको थियो । विशिष्ट अतिथि महोदयहरूबाट पालै–पालो शुभकामना मन्तव्य र संक्षिप्त गवाही सुनेर सबै सहभागीहरू अति उत्साहित र आशिषित भएका थिए ।

अन्तमा सभाध्यक्षले आगन्तुक अग्रज पाहुना अभिभावकहरूलाई कदर–पत्र हस्तान्तरण गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो भने समापन, आशिष र अन्तिम प्रार्थना सम्माननीय गुरुआमा श्री हेक्ली तामाङ्गले गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...