सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

धार्मिक सद्भावका लागि गृहमन्त्रीले गरे धर्मगुरुहरूसँग छलफल

काठमाडौं, २०८० असोज ५ गते । देशमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै धार्मिक समुदायको महत्वपूर्ण भूमिका रहने भन्दै गृह मन्त्रालयले विभिन्न धर्मका धर्मगुरुहरू तथा धार्मिक संघसंस्थाका जिम्मेवारी व्यक्तिहरूसँग आज शुक्रबार छलफल गरेको छ ।

पछिल्लो अवस्थामा धार्मिक सद्भाव भड्किने खालका गतिविधि देखा परेको अवस्थामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सक्रियतामा गृह मन्त्रालयले नेपालका सबै धार्मिक समुदायका अगुवाहरूलाई सिंहदरबारस्थित गृह मन्त्रालयको कार्यकक्षमा छलफलका लागि बोलाएर गृह सचिव सहितको उपस्थितिमा छलफल गरेको हो । सामाजिक तथा धार्मिक सद्भावको लागि विभिन्न धार्मिक समुदायका अगुवाहरू छलफलमा सहभागी भएर देशमा सद्भाव कायम राख्न संयुक्त रुपमा अपिल समेत गरेको छ ।

 

गृह मन्त्रालयले आज बोलाएको छलफलमा हिन्दु, बुद्धिष्ट, मुस्लिम, ख्रीष्टियन लगायतका धर्मका धर्मगुरु तथा ती धर्मसम्बन्धीका धार्मिक संघसंस्थाका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो । बुझिएअनुसार नेपाली ख्रीष्टियन समुदायको तर्फबाट नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष रेभ. सूर्य बहादुर (हनोक) तामाङ, नेपाल ख्रीष्टियन समाजका अध्यक्ष रेभ.ओमप्रकाश सुब्बा, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष चरी बहादुर गहतराज लगायतका प्रतिनिधिहरू लगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

छलफलमा सबै धार्मिक समुदायका जिम्मेवारी अगुवाहरुलाई धार्मिक सद्भाव भड्काउने खालका कुनै पनि गतिविधि नगर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले आग्रह गर्नुभएको थियो । सौहार्दपूर्ण रुपमा मिलेर बसेको समाजलाई धर्मको राजनीतिसँग जोडेर सामाजिक र धार्मिक सद्भाव खल्बलाउने कुनै पनि कार्य नगर्न संयुक्त रुपमा आम नेपाली जनतालाई अपिल गरिएको छ । यदि कसैले सामाजिक सद्भाव भड्काउने कार्य गरेमा त्यसलाई कानूनी रुपमा कार्बाही गर्न धार्मिक अगुवाहरूले संयुक्त रुपमा अपिल समेत गर्नुभएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...