सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

नयाँ कार्यसमिति गठन गर्दै इसाई समाजको साधारण सभा सम्पन्न

कैलाली, २०८० भाद्र ३० गते । कैलालीको लम्किचुहा नगरपालिकास्थित नेपाल राष्ट्रिय इसाई समाजको आठौं बार्षिक साधारण सभा नयाँ कार्यसमितिको चयन गर्दै आज सम्पन्न भएको छ ।

लम्किचुहा नगरपालिका वडा नं.१ स्थित अल्फा कम्युनिटी चर्चमा नेपाल राष्ट्रिय इसाई समाजका निवर्तमान अध्यक्ष पास्टर जन्मजय भट्टराईको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो । सो साधारण सभामा अल्फा कम्युनिटी चर्चका वरिष्ठ पास्टर चेतराज जैशीले वचनबाट उत्साह दिनुभएको थियो । लम्किचुहा नगरपालिकाभरिका लगभग ३२ वटा चर्चहरूबाट सहभागिता रहेको सो साधारण सभामा नेपाल राष्ट्रिय इसाई समाजको अहिलेसम्मको प्रगति विवरण र आगामी वर्षको कार्ययोजना प्रस्तुत गरिएको थियो ।

इसाई हित र सामाजिक कार्यहरू गर्ने योजना सहित वि.सं. २०७२ सालमा जिल्ला प्रशासन कार्यालय कैलाली र समाज कल्याण परिषद् काठमाण्डौबाट दर्ताको प्रमाणपत्र पाएको संस्थाले विभिन्न किसिमका सामाजिक कार्यहरू गर्दै आएको छ । आज सम्पन्न भएको साधारण सभामा उपस्थित हरेक मण्डलीका प्रतिनिधिहरूले यो संस्थाले आगामी दिनमा पनि यस्तै गति लिएको होस् भनी शुभकामना पनि दिनु भएको छ ।

यस आठौं साधारण सभाबाट लम्किचुहा नगरपालिका वडा नं.५ मा अवस्थित अनुग्रह चर्चका पास्टर चन्द्र बहादुर थापाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति पनि निर्विरोध निर्वाचित हुनुभएको छ । नयाँ निर्वाचित कमिटीलाई निवर्तमान अध्यक्ष पास्टर जन्मजय भट्टराईले बधाई सहित सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...