सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

किशोरीहरूका लागि बृहत् स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

२० भदौ २०८०, लम्किचुहा, कैलाली । नेपाल राष्ट्रिय इसाई समाजको आयोजना र लम्किचुहा नगरपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा किशोरीहरूको लागि एक दिने बृहत् किशोरी स्वास्थ्य  सचेतना कार्यक्रम यहाँ सम्पन्न भएको छ ।

सो सचेतना कार्यक्रममा किशोरीहरूको दैनिक जीवनमा आइपर्ने विभिन्न स्वास्थ्य सम्बन्धी समस्याको पहिचान र व्यवस्थापन कसरी गर्ने भन्नेबारे सिकाइएको थियो । आज सम्पन्न भएको सो एक दिने बृहत् किशोरी स्वास्थ्य सचेतना कार्यक्रम लम्किचुहा नगरपालिकाभित्र रहेका विभिन्न मण्डलीबाट २५० जना किशोरीहरूको सहभागिता रहेको थियो ।

उक्त स्वास्थ्य सचेतना कार्यक्रमका सहभागी भएका किशोरीहरूले यस कार्यक्रमबाट आफ्नो स्वास्थ्यप्रति सचेत रहनु पर्ने बारे सिकेको र आशिषमय भएको बताएका छन् ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...