सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

निट्स कलेजको अर्को शाखा कर्णाली प्रदेशमा

१२ भदौ २०८०, सुर्खेत । ख्रीष्ट महिमा मण्डली (केएमएम मिनिष्ट्रिज) नेपालको स्वामित्वमा रहने गरी आज वि.सं.२०८० साल भदौ १२ गते मंगलबार कर्णाली प्रदेश सुर्खेत जिल्लाको सबभन्दा ठूलो र दोस्रो ऐतिहासिक मण्डली बेथेल चर्चमा नेपाल ईन्स्टिच्युट अफ थियोलोजिकल स्टडीज (निट्स)को शाखा तालिम केन्द्र समुद्घाटन कार्यक्रम सुसम्पन्न भएको छ ।

केएमएम मिनिष्ट्रिज र निट्स कलेजका संस्थापक, निर्देशक, विश्व रेकर्ड होल्डर, स्वर्ण पदकहरु तथा “ग्लोबल पीस अवार्ड”, “युनिभर्सल सुपर स्टार”, “राष्ट्रिय शिक्षा रत्न अवार्ड–२०२२” र “ग्लोबल बेष्ट प्रोफेसर गोल्डन पीकक् अवार्ड–२०२२” विजेता रेभ.डा. नरीराम लुहार ‘बिनोद’ को सभाध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सुर्खेत इसाई समाजका अध्यक्ष तथा बेथेल चर्चका बरिष्ठ रेभ. पा. पदम गैरे हुनुहुन्थ्यो ।

उक्त कार्यक्रमका विशिष्ट अतिथिगणहरुको रुपमा सुर्खेत इसाई समाजका उपाध्यक्ष तथा ग्रेस भिजन चर्चका बरिष्ठ रेभ.पा. गोमन सिंह बस्याल, पा. पूर्ण सेजुवाल, पा. मनोज, पा. पूर्ण बर्देवा, पा. जितेन्द्र बस्याल लगायत निट्स कलेजका रजिष्ट्रार रेभ.पा. महेश राम लावड हुनुहुन्थ्यो । सभाध्यक्ष र प्रमुख अतिथिको संयुक्त बाहुलीबाट ब्यानर खोली उद्घाटन भएको पावन अवसरमा उक्त मिनिष्ट्रिजले निट्सको कर्णाली प्रदेश शाखाको प्रमुख सम्पर्क व्यक्तिको रुपमा रेभ.पा. पदम गैरे र सहायक सम्पर्क व्यक्तिको रुपमा शिमशोन शर्मालाई मनोनित गरी काम, कर्तव्य र अधिकार तथा आधिकारिक रुपमा जिम्मेवारीहरु हस्तान्तरण गरेको छ ।

केएमएम मिनिष्ट्रिज अन्तर्गत रहेर आजसम्म देशभरिका ६ वटा प्रदेशहरुमा र ४ वटा अन्तर्राष्ट्रिय स्तरमा निट्सका शाखाहरु सञ्चालन भइरहेको सहर्ष जानकारी गराइन्छ । जसमा विभिन्न मण्डली सम्प्रदायका सेवक तथा पाष्टरहरु प्रत्यक्ष रुपमा ख्रीष्टको शिक्षा र पवित्र वचनद्वारा क्रुसिकरण हुँदै स्वस्थ र ख्रीष्ट केन्द्रित अगुवाको रुपमा नमूना बन्दै आफ्नो मण्डली, समाज र राष्ट्रमा सर्वाङ्गिण मानवीय सेवामा लागि पर्नुभएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...