सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

अन्तर धार्मिक महासंघको प्रेस विज्ञप्तिः सामाजिक सद्भाव कायम राखौं

काठमाडौं, भदौ ८, २०८० । अन्तरधार्मिक शान्ति महासंघले पछिल्लो धरानको घटना र त्यसबाट सृजित परिस्थितिमा सचेत रहन सबै पक्षलाई आब्हान गर्दै आज एक प्रेस विज्ञप्ति निकालेको छ ।

अन्तर धार्मिक शान्ति महासंघ नेपालका अध्यक्ष रामभक्त कुरुवाङ्ग र महासचिव डा. महेन्द्र भट्टराईद्वारा हस्ताक्षर गरिएको सो प्रेस विज्ञप्तिमा भनिएको छ – धरान उप–महानगरपालिका वडा नं. १४ मा अवस्थित मन्दिर र सो क्षेत्रको नजिकै चर्च बनेको विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न किसिमका टिकाटिप्पणी हुँदै आएको र सो कारणले दुबै आस्थाका अनुयायीहरूबीच केहि असामान्जस्य परिस्थिति निर्माण भएको भन्दै त्यसप्रति सबै सचेत रहन र नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र संघसंस्थाहरूमा त्यस्तो परिस्थिति हुन नदिन अपिल गरेको छ ।

स्मरण रहोस् धरानको यहि घटनालाई लिएर केहि अतिवादीहरूले धार्मिक सद्भाव भड्काउने उद्धेश्यले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी गर्दै भोलि प्रदर्शन गर्दै चर्च भत्काउने जस्ता प्रचार गर्दै आइरहेका छन् ।

 

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...