सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

माम्लिङ बप्तिस चर्चले रजत महोत्सव मनायो

भदौ ५, संखुवासभा । संखुवासभास्थित धर्मदेवी नगरपालिका वडा नं ५ मा रहेको माम्लिङ बप्तिस चर्चले आफ्नो स्थापनाको २५ वर्षको अवसर पारी रजत महोत्सव मनाएको छ ।

माम्लिङ चर्चका संस्थापक रेभ. पास्टर प्रकाश मेघी गुरुङको सभाध्यक्षतामा प्रमुख अतिथि रेभ. पास्टर दानियल सुब्बा रहनुभएको थियो भने विशेष अतिथिको रुपमा सिक्किमबाट पास्टर पि.एम. प्रधान, रेभ. पास्टर जोना गुरुङ, धर्मदेवी नगरपालिकाका नगरप्रमुख उदयचन्द्र पौडेल र उप– प्रमुख तारा महत रहनुभएको थियो । संखुवासभा लगागत विभिन्न जिल्लाका पास्टरहरू सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत आथित्यता रहेको थियो ।

उक्त रजत महोत्सव कार्यक्रममा धर्मदेवी नगरपालिकाका नगरप्रमुख उदयचन्द्र पौडेलले आफ्नो मन्तब्यको क्रममा सबै धार्मिक समूह मिलेर बस्नु पर्ने र धर्मदेवी नगरपालिकामा धार्मिक सद्भाव स्थिर राख्ने बताउनुभयो । उपमेयर तारा महत, पास्टर ननिराम लुहार, पास्टर एनोश गजमेर, पास्टर उद्धव चिमोरिया लगायतका अतिथिहरूले २५ वर्ष पार गरेको उपल्यक्षमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

त्यसैगरी प्रमुख अतिथि दानियल सुब्बाले २५औं वर्ष पार गरेकोमा चर्च परिवारलाई बधाई तथा शुभकामना मन्तब्यका साथसाथै पवित्र बाइबलबाट उत्साहपूर्ण परमेश्वरको वचनबाट बोल्नुभएको थियो । माम्लिङ बप्तिस चर्चले आफ्नो चर्चमा सेवा पुर्याउने र चर्च भवन निर्माण गर्ने सहयोगीदातालाई कदरपत्र सहित सम्मान गरेको थियो भने बप्तिस चर्चलाई सेवामा अगाडि बढ्न मद्दत गर्ने अग्रजहरूलाई समेत सम्मान गरिएको थियो ।

उक्त रजत महोत्सव समारोहमा चर्चका युवाहरूले विभिन्न नृत्य, गीत तथा आराधनामा अगुवाई गरेका थिए । कार्यक्रमको सहजिकरण पृथसिङ गुरुङले गर्नुभएको थियो ।

नयाँ चर्च भवन निर्माण गरेको माम्लिङ बप्तिस चर्चले सोहि नयाँ चर्च भवनमा २५ औं रजत महोत्सव कार्यक्रमको आयोजना गरेको हो । केही व्यक्तिहरूले परमेश्वरमा विश्वास गरेपछि बि.स २०५५ सालमा माम्लिङ चर्चको रुपमा स्थापना भएपछि बप्तिस चर्चले धेरै आरोह अवरोह पार गरेको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...