सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

नेपाली भाषी ख्रीष्टियन अगुवाहरूको चौथो शिखर  सम्मेलन बैंककमा भब्य शुरु

बैंकक, थाइल्याण्ड, २५ जुलाई २०२३ । ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियन फेलोसिपको चौथो पास्टर तथा अगुवाहरूको शिखर सम्मेलन थाइल्याण्डको राजधानी बैककमा आज एक समारोहका बिच भब्य उद्घाटन गरी शुरु भएको छ ।

विश्वभरी छरिएर रहेका नेपाली भाषी ख्रीष्टियनहरूको साझा संगतिको रूपमा परिचित यस जिएनएससिएफले विभिन्न देशमा नेपाली भाषामा संगतिको अगुवाइ गर्ने  ५०० भन्दा बढी पास्टर तथा अगुवाहरुको सहभागितामा यो चौथो शिखर सम्मेलन शुरू भएको हो । शुरूमा विभिन्न देशहरूबाट सहभागी कन्ट्री कोअडिनेटरहरूले आफू सहभागी देशको झण्डा फहराउँदै स्टेजमा प्रवेश गर्नुभएको थियो । त्यस लगत्तै कार्यक्रम शुरू भएको थियो । ओपनिङ सेसनमा अतिथिहरूलाई स्वागत तथा शुभकामनाका केहि मन्तब्यका साथै थाइल्याण्डका सहभागीहरूले विशेष गीत र नृत्य पस्किनु भएको थियो । सो लगत्तै फिलिपिन्सबाट पास्टर दनिलोले थिममा आधारित  चुनौतीपूर्ण वचन बोल्नु भएको थियो ।

आज नै जिएनएससिएफको जानकारीमुलक पुस्तक पनि विमोचन  गरिएको थियो भने अध्यक्ष पास्टर भद्र राईले जिएनएससिएफको   भिजन, मिसन लगायत यसको बारे जानकारी गराउनुभएको थियो । त्यसैगरी आज नै हङ्कङ्, भारत, मलेसिया, यु.ए.ई, म्यान्मार, थाइल्याण्ड लगायतका प्रतिनिधिबाट त्यस देशमा नेपाली भाषी चर्चहरूको अवस्था लगायतका बिषयहरू प्रस्तुत गरिएको थियो ।  पर्सी २७ तारिखसम्म सन्चालन हुने यस सम्मेलनमा नेपाल, भारत, थाइल्याण्ड, हड्कड्, अमेरिका, भुटान, लगायत विश्वका विभिन्न १५ भन्दा बढी राष्ट्रवाट सहभागीहरू रहेका छन् ।

स्मरण रहोस् सन् २०१७ मा भारतको सिलगुढीमा पहिलो, सन् २०१९ मा नेपालको काठमाडौंमा दोश्रो र सन् २०२२ मा भारतको सिकिम्ममा  तेश्रो शिखर सम्मेलन सम्पन्न भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...