सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

जिएनएससिएफको चौथो शिखर सम्मेलन बैंककमा भोलिबाट शुरु हुँदै

बैंकक, थाइल्याण्ड । थाइल्याण्डको राजधानी बैंककमा भोलि २५ जुलाईबाट शुरु हुन लागेको विश्वव्यापी नेपाली भाषी ख्रीष्टियन फेलोसिप (जिएनएससिएफ) को चौथो शिखर सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी गराएको छ ।

विश्वभरका १५ भन्दा बढी देशहरुबाट ५०० जना भन्दा बढी पास्टर तथा अगुवाहरुको सहभागिता रहने विश्वव्यापी नेपाली भाषी ख्रीष्टियन फेलोसिपका अध्यक्ष पास्टर भद्र राईले जानकारी दिनुभयो । यस सम्मेलनमा सहभागी हुन अहिले  विभिन्न देशबाट पास्टर तथा अगुवाहरुको आगमन भइरहेको छ ।

विश्वका विभिन्न देशहरुमा स्थापना भएका नेपाली भाषी मण्डलीहरुको सहभागितामा सम्पन्न गरिने यस शिखर सम्मेलन जुलाई २५ बाट  शुरु भएर २७ जुलाईसम्म सम्पन्न हुने यस सम्मेलनमा प्रमुख वक्ताको रुपमा नेपालबाट पास्टर देव कुमार क्षेत्री, भारतबाट पा. जेनेथ खालिङ राई, अमेरिकाबाट पास्टर नोर्बु तामाङ रहनुभएको छ भने पा.दनिलो फिलिपिन्सबाट हुनुहुन्छ ।

विश्वका विभिन्न देशमा रहनुभएका नेपाली भाषी ख्रीष्टियनहरु एकतामा रहेर संगति गर्ने उद्देश्यले स्थापना भएको (जिएनएससिएफ) को पहिलो शिखर सम्मेलन सन् २०१७ मा भारतको सिलगुडीमा सम्पन्न भएको थियो । सन् २०१९ मा काठमाण्डौँमा र सन् २०२२ मा भारतको सिक्किम राज्यमा सम्पन्न भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...