सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

दाङमा भव्यताकासाथ सम्पन्न भयो पुनरुत्थान महोत्सव

९ अप्रिल २०२३, (दाङ), हरि जिज्ञासु । दाङ जिल्लाका ख्रीष्टियन समुदायले प्रभु येशू ख्रीष्टको पुनरुत्थानको अवसर पारेर दाङको लमहीमा आज आयोजना गरेको पुनरुत्थान (इस्टर) महोत्सव सम्पन्न भएको छ ।

दाङमा आयोजित सो महोत्सव बिहान ९ बजेदेखि लमहीमा शान्तिपूणर् र्याली सहित प्रभु येशूको आराधना गर्दै सुरु भएको हो । महोत्सवमा ख्रीष्टियन समुदाय दाङका अध्यक्ष पा. सन्त बहादुर घर्तीको सभाध्यक्ष रहेको थियो भने प्रमुख अथितिको रुपमा प्रतिनिधि सभा सदस्य माननीय भेटमणी चौधरी रहुनुभएको थियो । त्यसैगरी अथितिको रुपमा लुम्बिनी प्रदेश सभा सदस्य माननीय दिलू बुढा मगर, लगायत ख्रीष्टियन समुदाय दाङका सल्लाहकार समितिका सदस्य पास्टरहरुको समेत आथित्यता रहेको थियो ।

सबै जाति भाषा धर्म समुदायलाई राज्यले समान रुपमा बजेट विनियोजन गर्नुपर्छ भन्दै आफूले ख्रीष्टियन समुदायको लागि धेरै बजेट विनियोजन गर्न पहल गरेको पुनरुत्थान महोत्सवका प्रमुख अथिति माननीय मेटमणी चौधरीले मन्तव्यका क्रममा बताउनुभयो । त्यसैगरी सो महोत्सवमा शुभकामना दिने क्रममा लुम्बिनी प्रदेश सभा सदस्य दिलु बुढा मगरले ख्रीष्टियन समुदायमा इमान्दारिता रहेको कारण राज्यको जिम्मेवारी निकायमा पुगेर राज्य सञ्चालन गर्नुपर्छ भनी आफ्नो धारणा राख्नुभयो ।

महोत्सवमा प्रमुख वक्ताको रुपमा रहेका पा. मिलन रोकायले परमेश्वरको वचनबाट बोल्ने क्रममा येशू ख्रीष्टको मृत्यु र पुनरुत्थानले मानिस जातिको उद्धारको बाटो खुलेको बताउनुभयो । साथै इसाई समुदायका उपाध्यक्ष सिता साहले स्वागत मन्तव्य राख्नुभएको थियो भने उपाध्यक्ष उदय स्वणर्कारले पनि पुनरुत्थान महोत्सवको शुभकामना दिदैँ राज्यले अल्पसंख्यक धार्मिक समुदायलाई विभेद नगर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा अभिनय, नृत्य र गीत समेत प्रस्तुत गरिएको थियो । साथै चर्चित सुुसमाचारीय गीत सालैजोको गायक दिपक पुनले पनि आफ्नो प्रस्तुति राख्नुभएको थियो । दाङ जिल्लाको पश्चिममा हापुरेदेखि पूर्वमा भालुबाङमा बसोबास गर्ने सम्पूणर् ख्रीष्टियन समुदायको सहभागितामा सम्पन्न महोत्सवको सुरुको प्रार्थना प्रतापी मण्डली घोराहीका बरिष्ठ पास्टर नरबहादुर शाहले गर्नुभएको थियो भने कार्यक्रमको उद्घोषकको रुपमा इसाई समुदाय दाङका सचिव सुवास नेपाली र सह सचिव पा. दिलिप ताम्राकार रहनुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...