सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

काठमाडौंमा पुनरुत्थान महोत्सव मनाउन जनसागर उत्रियो

९ अप्रिल २०२३, काठमाडौं । यस वर्षको पुनरुत्थान (इस्टर) महोत्सव २०२३ काठमाडौं लगायत देशभर विभिन्न कार्यक्रमहरूको आयोजना गरी भव्यताका साथ मनाइएका समाचारहरू प्राप्त भएका छन् ।

 

काठमाडौंको रत्नपार्कस्थित भृकुटीमण्डपमा आइतबार आयोजित पुनरुत्थान महोत्सवमा काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका हजारौं चर्चबाट बिसौं हजार ख्रीष्टियनहरू सहभागी भएर पुनरुत्थान महोत्सव मनाइएको हो । बिहानै आ–आफ्नो चर्चमा प्रभातकालिन पुनरुत्थान सेवा सकेर राजधानीका विभिन्न चोकचोकबाट शान्ति पदयात्रामा सहभागी हुँदै ख्रीष्ट विश्वासीहरू बिहान साँढे आठ बजे भृकुटीमण्डपमा पुगी पुनरुत्थान महोत्सवमा सहभागी भएका थिए ।

सो पुनरुत्थान महोत्सवको समारोहमा एनसिएफ नेपालका अध्यक्ष तथा आराधना चर्चका रेभ. पास्टर हनोक तामाङ र क्वाइनोनिया पाटन चर्चका वरिष्ठ पास्टर डा. मंगलमान मर्हजनले येशू ख्रीष्टको पुनरुत्थानको घोषणा सहित पुनरुत्थानको महत्वको बारेमा केन्द्रित रही प्रवचन बाँड्नु भएको थियो ।

पा. प्रेमकृष्ण महर्जनले सञ्चालन गर्नुभएको सो महोत्सव समारोहमा काठमाडौंका संयुक्त सङ्गीत तथा आराधना झुण्डले आराधना सेवाका साथै साङ्गीतिक माहोल बनाएका थिए । कोभिड १९ पछि काठमाडौं राजधानीका बिसौं हजार ख्रीष्टियनहरूको सहभागितमा संयुक्त रुपमा भेला भएर पुनरुत्थान महोत्सव मनाएको यो पहिलो हो ।

यस वर्षको इस्टर महोत्सवमा तीन सय भन्दा बढी ख्रीष्ट अनुयायी मानिसहरूले रक्तदान गरेका थिए । रक्तदानका लागि एक हजार भन्दा बढीले इच्छा देखाएको भएपनि नेपाल रेडक्रस सोसाइटीले आवश्यक दक्ष जनशक्ति दिन नसक्दा लामो समय लाइनमा बसेर पनि रक्तदान गर्न नपाई फर्किनु परेको गुनासो पनि सुनिएको थियो ।

स्मरणरहोस् यस वर्षको पुनरुत्थान महोत्सवको अध्यक्षता पास्टर हरि प्रधानले गर्नुभएको थियो भने पास्टर जीरमान राईको संयोजकत्वमा काठमाडौं उपत्यकाका सम्पूर्ण चर्चहरूको सक्रिय सहभागितामा भव्यताका साथ सम्पन्न गरिएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...