सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

बोलीको शक्ति नामक पुस्तक विमोचन

गोरखा । पास्टर जेम्स तामाङद्वारा लिखित बोलीको शक्ति (बोली परिवर्तन जीवन परिवर्तन) पुस्तकको दोस्रो संकरण हालसालै गोरखाको पालुङ्टार १ स्थित मेगा चर्चमा आसपासमा बिभिन्न मण्डलीका पास्टर तथा अगुवाहरूको उपस्थितिमा एक कार्यक्रमका बिच सम्पन्न भयो ।

पुस्तकको विमोचन गोरखा जिल्लाकै पहिलो पास्टर पा. काली बहादुर तामाङ, होसन्ना मण्डलीका पास्टर खार्पा लामा, लेखक पास्टर जेम्स तामाङकी आमा एल्डर सोर माया तामाङ, बेथेस्दा मण्डलीका पास्टर चन्द्र तामाङ र जय पुनर्जीवन मण्डलीका पास्टर सोल लामाको हातबाट संयुक्त रूपमा भएको थियो भने पुस्तकको विमोचनको प्रार्थना पास्टर काली बहादुर तामाङले गर्नुभएको थियो । पुस्तक विमोचनको क्रममा उक्त पुस्तकको पहिलो संकरण पढिसक्नु हुने ४ जनाले पालैपालो पुस्तकको बारेमा आफ्नो केहि भनाइहरू राख्नुभएको थियो ।

पहिलो संकरण पढेर धेरै राम्रो र जीवन परिवर्तन भएको प्रतिक्रिया र गवाहीहरू प्राप्त भएको र बोलीको महत्व र शक्ति र बोलीलाई ठीक सँगले प्रयोग गर्न हरेक मण्डलीका अगुवा र विश्वासीले सिक्नुपर्दछ भन्ने लागेर यो पुस्तकको दोस्रो संकरण पूनः प्रकाशन गरेको लेखक पास्टर जेम्स तामाङले बताउनुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...