सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

सुर्खेतमा बृहत र्याली सहित ख्रीष्टमस शुभकामना कार्यक्रम सम्पन्न

१ जनवरी २०२३, सुर्खेत (हरि जिज्ञासु) । सुर्खेत जिल्ला इसाई समाजले विरेन्द्रनगर सुर्खेतमा आज बृहत र्याली सहित ख्रीष्टमस तथा नयाँ वर्ष २०२३ को शुभकाना आदान प्रदान कार्यक्रम कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको प्रमुख आथित्यतामा सम्पन्न गरेको छ ।

बिहान ११ बजे बुलबुले उद्यान गेटबाट सुरु भएको र्याली बिरेन्द्रचोक, गणेशचोक, आँखा अस्पताल हुँदै घण्टाघर पुगेर र्याली कोणसभामा परिणत भएको थियो । ख्रीष्टमस तथा नयाँ वर्ष २०२३ को अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा सुर्खेत जिल्लाभरिका चर्चहरुबाट विश्वासीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले शुभकामना मन्तव्य राख्ने क्रममा कर्णाली प्रदेश सरकारले सबै धार्मिक समुदायलाई समान रुपमा हेर्ने बताउनुभयो । उहाँले ख्रीष्टियन धार्मिक समुदायको लागि सरकारले दिंदै आएको ख्रीष्टमस बिदाको लागि पनि आफ्नो सक्दो पहल रहेको बताउनुभयो ।

त्यसैगरी सभालाई सम्बोधन गर्दै सुर्खेत इसाई समाजका अध्यक्ष पदम गैरेले इसाई समुदाय राज्यबाट अझै पनि पीडित रहेको र राज्यबाट इसाई समुदायले पाउनु पर्ने अधिकार पाउन नसकेको कुरा बताउनुभयो । उहाँले प्रदेश सरकारले प्रदेशमा रहेका ख्रीष्टियन समुदायको लागि समाधिस्थल र चर्च भवनको लागि जग्गा उपलब्ध गराउन समेत माग राख्नुभयो ।

ख्रीष्टमसको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली काँग्रेसबाट नवनिर्वाचित भएकी प्रदेश सांसद ख्रीष्टियन समुदायको तर्फबाट पहिलो प्रदेश सांसद बलीमाया बुढाको आथित्यता रहेको थियो । त्यसैगरी नेपाली काँग्रेसबाट निर्वाचित प्रदेश सांसद खड्क बहादुर पोख्रेल, सांसद जानकी सिंह र नेकपा माओबादी केन्द्रको तर्फबाट निर्वाचित प्रदेश सांसद कृष्ण जि.सी. लगायतका नवनिर्वाचित सांसदहरुको आथित्यता रहेको थियो ।

सो कार्यक्रममा नवनिर्वाचित सांसदहरुको ख्रीष्टमस शुभकामना मन्तव्य सहित विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो । आज आयोजित बृहत ख्रीष्टमस तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा सुरुको प्रार्थना पास्टर सोलमन गुरुङले गर्नुभएको थियो भने कार्यक्रममा वचन पास्टर नविन दर्लामीले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण पास्टर प्रेम बयलकोटीले गर्नुभएको हो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...