सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

गिर्जाघर महागुठीले हिमालय होटलमा ख्रीष्टमस मनायो

ललितपुर, २४ डिसेम्बर २०२२ । राष्ट्रिय गिर्जाघर महागुठी नेपालले ललितपुरको कुपन्डोलस्थित हिमालय होटलमा हिजो एक कार्यक्रमको आयोजना गरी ख्रीष्टमस मनाएको छ ।

झन्डै १८० भन्दा बढीको उपस्थितिमा रहेका यस कार्यक्रममा सहभागी ब्यक्तिहरू काठमाडौँ उपत्यका भित्रका विभिन्न मण्डलिहरूका पास्टरहरू, अगुवाहरू तथा संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू थिए।
ललितपुर महानगरपालिकाको उप-प्रमुख मञ्जलि शाक्यको प्रमुख आथित्यतामा रहेका यस कार्यक्रममा सोहि नगरभित्रका वडा-अध्यक्षहरु बिशेष अथितिको रुपमा उपस्थिति रहेका थिए। कार्यक्रममा एनसिएसको तर्फबाट महासचिब पास्टर डिल्लीराम पौडेल, एनसिएफएनका तर्फबाट अध्यक्ष पास्टर हनोक तामाङ्ग साथै पाटन कोइनोनिया मण्डलिका बरिष्ट पास्टर मंगलमान महर्जनको बिशेष उपस्थिति रहेको थियो ।
पास्टर देवकुमार क्षेत्रीको प्रार्थनाबाट शुरुभएको आजको यस कार्यक्रमलाई पास्टर रुपनारायण तिमिल्सिनाले संचालन गर्नुभएको थियो। आरधानको अगुवाई विभिन्न मण्डलिका जवानहरुले गर्नुभएको थियो । स्वागत मन्तब्य पास्टर पदमनाथ पराजुली ज्यूले दिनुभयो। महागुठीका अवधारणा डा. किरण दासले प्रस्तुत गर्नुभएको थियो। बरिष्ट पास्टर मंगलमान महर्जनले ख्रीष्टमसको प्रबचन दिनुभएको थियो।
यस कार्यक्रममा उपमेयर लगाएत उपस्थिति वडा-अध्यक्षहरू सबैलाई सम्मान गरिएको थियो भने महागुठीका सल्लाहकार डा. सिमोन पाण्डेलाई पनि सम्मान गरिएको थियो । सम्मानको लागि पास्टर द्वय सरोज मंग्रान्ती र देव श्रेष्ठले सहायता गर्नुभएको थियो।
कार्यक्रममा गुठीका तर्फबाट पास्टर सामुएल सोदेम्बाले शुभकामना दिनुभयो भने एनसिएफएनको तर्फबाट रेभ हनोक तामाङ्गज्यूले शुभकामना दिनुभएको थियो। साथै प्रमुख अथिति र बिशेष अथितिहहरुले पनि आ-आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल देशको लागि प्रार्थना पास्टर डिल्लीराम पौडेलले अगुवाई गर्नुभएको थियो । नेवारी साँस्कृतिक नृत्य तथा गन्धर्ब गान पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमको अन्त्यमा महागुठीको तर्फबाट पास्टर मिनराज दुलालले सबैलाई शुभकामना राख्नुहुदै धन्यवाद दिनुभएको थियो। कार्यक्रम अध्यक्ष पास्टर ओम प्रकाश सुब्बाले गर्नुभएको थियो।अन्त्यमा प्रेम भोजको आयोजना थियो।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...