सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

दक्षिण भेगिय इसाई समाजको ख्रीष्टमस शुभकामना कार्यक्रम सम्पन्न

काठमाडौं, २० डिसेम्बर २०२२ । काठमाडौं जिल्लाको दक्षिण भेगमा अवस्थित चर्चहरूको समुह दक्षिण भेगिय इसाई समाजले दक्षिणकाली नगरपालिकाका नगरप्रमुख श्री मोहन बस्नेतको प्रमुख आतिथ्यमा ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

 

दक्षिण भेगिय इसाई समाजले दक्षिणकाली नगरपालिको वडा नं. १ स्थित खहरे घट्टेचौरमा समाजका अध्यक्ष पास्टर चण्डे राज तामाङको सभापतित्वमा आज सम्पन्न भएको उक्त शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि दक्षिणकाली नगरपालिकाका नगरप्रमुख श्री मोहन बस्नेतले आफू यस भेगका ख्रीष्टियन धर्मालम्बीले आयोजना गरेका साना ठूला कार्यक्रममा सरिक हुँदै आएको स्मरण गर्दै यस भेगका ख्रीष्टियन धर्मालम्बीहरूको समस्या समाधानको लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उक्त शुभकामना आदान प्रदान कार्यक्रममा विशिष्ट अतिथि स्वतन्त्र विश्वव्यापी मण्डलीका पास्टर चेत खरेलले आफ्नो शुभकामना मन्तव्य राख्नुहुँदै प्रभु येशू जन्मिनुभएको घटना एक आश्चर्य कर्म भएको बताउँदै आज सबै मानिसहरूको बिचमा सुसमाचार पुग्नु पर्ने कुरामा जोड दिनुभयो । त्यसका लागि सबै मिलेर प्रभुको काम गर्नु पर्ने उहाँले बताउनुभयो ।

दक्षिण भेगिय इसाई समाजले आयोजना गरेको सो शुभकामना आदान प्रदान कार्यक्रममा अन्य अतिथिहरू पास्टर सिमोन रोक्का, जनकराज शर्मा लगायत ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालका संयोजक दिनेश श्रेष्ठले पनि ख्रीष्टमस तथा आउँदै गरेको नयाँ वर्ष २०२३ को शुभकामना व्यक्त गर्दै आगामी दिनमा प्रभुको काम अझ जोशसाथ गर्दै अघि बढ्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।

उक्त शुभकामना आदान प्रदान कार्यक्रममा हेब्जिवाह सङ्गीत झुण्डले आराधनामा अगुवाई गर्नुका साथै विशेष प्रस्तुति प्रस्तुत गरेको थियो भने यस भेगका विभिन्न चर्चहरूको तर्फबाट आ–आफ्नो प्रस्तुतिहरू विशेष गीत, नृत्यहरू प्रस्तुत गरिएको थियो ।

सिमियोन रोक्का र सनिता तामाङले सञ्चालन गर्नुभएको सो कार्यक्रममा नेपाल गोस्पेल चर्चका पास्टर विशाल सुब्बाले ख्रीष्टमस सम्बन्धि वचन बाँड्नुभएको थियो भने सुरुको प्रार्थना पास्टर नारायण भगतले गर्नुभएको थियो । समाजका सचिव सनिता तामाङले स्वागत मन्तब्य राख्नुभएको थियो भने सभाअध्यक्ष पास्टर चण्डे राज तामाङले धन्यवाद ज्ञापन गर्नुहुँदै सभा समापन गर्नुभएको थियो भने समापनको प्रार्थना पास्टर एलिया प्रधानले गर्नुभएको थियो ।

स्मरण रहोस् सो ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि लगायत अन्य विशिष्ट पास्टरहरूलाई मायाको चिनो पनि वितरण गरिएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...