सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

बुढानिलकण्ठ नगर इसाई समितिको नगर स्तरीय ख्रीष्टमस कार्यक्रम सम्पन्न

काठमाडौं, १७ डिसेम्बर २०२२ । बुढानिलकण्ठ नगरपालिका नगर इसाई समितिले नगर स्तरीय ख्रीष्टमस कार्यक्रम निगाह मिसन मण्डलीमा नगर प्रमुख श्री मिठारमा अधिकारीको प्रमुख आतिथ्यतामा भब्य उत्साहका साथ आज सम्पन्न गरेको छ ।

नगर इसाई समितिका अध्यक्ष पास्टर राम शरण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नगर प्रमुख श्री मिठाराम अधिकारी, उपप्रमुख श्रीमती अनिता लामा, वडा नम्बर २ का अध्यक्ष श्री राजेन्द्र श्रेष्ठ र वडा नम्बर १३ का कार्यवाहक अध्यक्ष तथा कार्यपालिका सदस्य श्रीमती रिना श्रेष्ठका साथै कार्यपालिका सदस्य श्री राम कुमार रोका सहित विभिन्न मण्डली समुदाय र समितिहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

समितिका सचिव पास्टर बिनोद कट्वालले सञ्चालन गर्नु भएको यस कार्यक्रममा ख्रीष्टमस सम्बन्धि वचन समितिका सल्लाहकार पास्टर रविनकाजी बैद्यले बोल्नु भएको थियो । समितिका उपाध्यक्ष पास्टर डा. जोमेश ओडले स्वागत मन्तब्य राख्नु भएको थियो भने आराधना काठमाडौं वरशिप स्कूलका टिमले गर्नुभएको थियो ।

कार्यक्रममा छिमेकी नगर इसाई समितका प्रतिनिधिहरू र पास्टर फेलोसिपका प्रतिनिधिहरूले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । तार्केश्वर नगर इसाई समितिका अध्यक्ष पास्टर रामकृष्ण आलेले शुभकामना मन्तब्य दिनुभयो भने शालोम संगती नेपाल (पास्टर अगुवा सञ्जाल) का अध्यक्ष पास्टर देव श्रेष्ठका साथै अन्य बिशेष अथितिहरु वार्ड नं. २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, रेभ. डा. तेज बहादुर रोक्का, रामकुमार रोका, रिना श्रेष्ठ लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।

कार्यक्रम संयोजक पा. डा. गणेश देवकोटा र बुढानिलकण्ठ नगरपालिका नगर समितिका अध्यक्ष पा. रामशरण श्रेष्ठले धन्यवाद दिनु भएलगत्तै पास्टर साइमन गुरुङ्गले अन्तिम प्रार्थना गरी सो कार्यक्रम अन्त्य भएको थियो । लगभग ५०० जनाको उपस्थिति रहेको उक्त कार्यक्रमको अन्त्यमा ख्रीष्टमस भोजको पनि आयोजना गरिएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...