सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियन फेलोसिपको तेश्रो शिखर सम्मेलन सिक्किममा सम्पन्न

गान्तोक, सिक्किम, ४ नोभेम्बर २०२२ । सिक्किमको गान्तोकमा गत नोभेम्वर १ तारिखबाट शुरु भएको ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियन फेलोसिपको तेश्रो विश्व नेपाली भाषी ख्रीष्टियन अगुवा सम्मेलन–२०२२’ हिजो सम्पन्न भएको छ ।

सिक्किमको गान्तोकस्थित इभान्जलिकल प्रेस्वेटेरियन चर्चमा गत नोभेम्वर १ तारिखबाट शुरु भएर हिजो नोभेम्वर ३ तारिखका दिन सम्पन्न भएको ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियन फेलोसिप (जिएनएससिएफ) द्वारा आयोजना गरिएको यो विश्व अगुवा शिखर सम्मेलनमा विभिन्न २२ देशबाट एक हजार बढी नेपाली भाषी पास्टर तथा अगुवाहरूको सहभागीता रहेको थियो ।

सो विश्व शिखर सम्मेलनको समुद्धघाटन समारोहलाई सम्बोधन गर्दै सिक्किम मन्त्री एल.एम. शर्माले हिमाली राज्य सिक्किमको राजधानी गान्तोकमा संसारभरका नेपाली भाषी ख्रीष्टियन अगुवाहरूलाई स्वागत र सम्बोधन गर्न पाउँदा आफू निकै गौरावान्भित भएको बताउनुभएको थियो ।

३ दिनसम्म चलेको सो विश्व शिखर सम्मेलनमा नेपालबाट पास्टर लाजरस थुलुङ र रिता काबो बक्ताको रुपमा हुनुहुन्थ्यो । त्यसैगरी भारतबाट पास्टर निकानोर तामाङ र पास्टर रोन कार्गे हुनुहुन्थ्यो भने अमेरिकाबाट डा. मनोज श्रेष्ठ हुनुहुन्थ्यो ।

सम्मेलनको अन्तिम दिन क्लोजिङ सेरोमोनी कार्यक्रममा यस सम्मलेनका बक्ताहरू, पत्रकारहरू लगायत विभिन्न क्षेत्रबाट कार्यक्रम सम्पन्न गराउन सहयोग गर्नेहरूलाई सधन्यवाद मायाको चिनो पनि प्रदान गरिएको थियो ।

स्मरण रहोस् ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियन फेलोसिप (जिएनएससिएफ)को संयोजन पास्टर भद्र राईले गर्दै आउनु भएको छ भने ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियन फेलोसिप (जिएनएससिएफ)द्वारा आयोजित पहिलो विश्व शिखर सम्मेलन भारतको सिलगुडीमा र दोश्रो विश्व शिखर सम्मेलन नेपालको काठमाडौंमा सम्पन्न भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...