सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

नेपाली भाषी ख्रीष्टियन अगुवाहरूको तेश्रो विश्व शिखर सम्मेलन सिक्किममा शुरु

गान्तोक, सिक्किम, १ नोभेम्बर २०२२ । सिक्किमको गान्तोकमा शुरु भएको तेस्रो अन्तराष्ट्रिय नेपाली भाषी ख्रीष्टियन अगुवा सम्मेलन २०२२ को सिक्किम प्रदेश सरकारका मन्त्री एल.एन. शर्माले एक समारोहका बिच समुद्धघाटन गर्नुभएको छ ।

सिक्किमको गान्तोकस्थित इभान्जलिकल प्रेस्वेटेरियन चर्चमा हिजो मंगलबारबाट शुरु भएको ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियन फेलोसिप (जिएनएससिएफ) द्वारा आयोजना गरिएको यो विश्व अगुवा शिखर सम्मेलन तेश्रो शिखर सम्मेलन हो । २२ देशबाट नेपाली भाषी पास्टर तथा अगुवाहरूको सहभागीता रहेको यस विश्व अगुवा शिखर सम्मेलन भोलि नोभेम्बर ३ तारिख विहिबारसम्म सञ्चालन हुनेछ ।

सो विश्व शिखर सम्मेलनको समुद्धघाटन समारोहलाई सम्बोधन गर्दै सिक्किम मन्त्री शर्माले हिमाली राज्य सिक्किमको राजधानी गान्तोकमा संसारभरका नेपाली भाषी ख्रीष्टियन अगुवाहरूलाई स्वागत र सम्बोधन गर्न पाउँदा आफू निकै गौरावान्भित भएको बताउनुभएको छ ।

३ दिनसम्म चल्ने उक्त सम्मेलनको सफलताको शुभकामना दिँदै मन्त्री शर्माले ग्रीन अर्गानिक पर्यटक नगरीको रुपमा विश्व सामु परिचित गान्तोक, सिक्किम सम्मेलनबाट कोशेली स्वरुप केही असल सन्देश लिए फर्कन नेपाली भाषी ख्रीष्टियन अगुवाहरूलाई आग्रह गर्नुभएको थियो । साथै उहाँले विश्वभरका नेपाली भाषी ख्रीष्टियन अगुवालाई सिक्किम राज्यको उन्नति र सम्बद्र्धनको लागि प्रार्थना गरिदिन समेत आग्रह गर्नुभएको थियो ।

उक्त उद्घाटन समारोहमा मन्त्री शर्मा र सम्मेलनका प्रमुख वक्ताा तथा विश्व नेपाली भाषी ख्रीष्टियन संगतिका विश्व प्रतिनिधि पास्टर तथा अगुवाहरूले ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियन फेलोसिप (जीएनएससीएफ)द्वारा प्रकाशित पुस्तक एकसाथ विमोचन गरिएको थियो ।

स्मरण रहोस् ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियन फेलोसिप (जिएनएससिएफ)द्वारा आयोजित पहिलो विश्व शिखर सम्मेलन भारतको सिलगुडीमा र दोश्रो विश्व शिखर सम्मेलन नेपालमा सम्पन्न भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...