सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

नेपाली भारतीय स्रष्टा छत्र सुब्बा ‘पावल’ सम्मानित

सिलगुडी, भारत १ नोभेम्वर २०२२ । अमेरिकाबाट सञ्चालन हुने प्रसिद्ध कार्यक्रम ‘जीवनको यात्रा’ले नेपाली भाषा साहित्य तथा पत्रकारितामा योगदान पुर्याउनु भएका स्रष्टा संगम ख्रीष्टियन जगतका वरिष्ठ साहित्यकार, पत्रकार एवं बाइबल शिक्षक रेभ. डा. छत्र सुब्बा ‘पावल’लाई हिजो एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।   भारतको कालिङ्पोङमा जन्मिएर आफ्नो जीवनलाई सेवकाइमा समपर्ण गर्नुभएका वरिष्ठ साहित्यकार सुब्बालाई भारतको सिलगुडीमा हिजो आयोजित एक विशेष कार्यक्रमकाबिच सम्मान स्वरुप एक लाख भारतीय रुपैयाँका साथ सम्मान पत्रद्धारा सम्मानित गरिएको हो । नेपाल, भारत र अमेरिकाबाट ख्रीष्टियन जगतका पत्रकार तथा सञ्चारकर्मी, साहित्यकार, लेखकहरूको समेत उपस्थिति रहेको सो कार्यक्रममा डा. बि. डी. राईको प्रमुख आतिथ्यता र प्रेरित धुब्र शिष्यको सभापतित्व रहेको थियो । कार्यक्रममा हिसप मिनिष्ट्रिज्ले आराधनामा अगुवाइ गरेको थियो भने विशेष गीत गायकगायिका प्रज्वल रम्तेल, रमा शर्मा र विशेष कविता वाचन कवियात्री केके प्रधानले गर्नुभएको थियो । कार्यक्रममा अधिकाशं अतिथिहरूले साहित्यकार सुब्बाले ख्रीष्टियन जगतमा पुर्याउनु भएको योगदानको चर्चा गरिएको थियो । ख्रीष्टियन जगतका वरिष्ठ साहित्यकार, पत्रकार सुब्बाले अनवरत साहित्य लेखन, पत्रकारिता साथै बाइबलीय शिक्षा प्रदान गर्ने क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएकोले उहाँलाई सम्मान गरिएको कार्यक्रमका निर्देशक प्रस्तोता यम सिवाले जानकारी दिनुभयो । जीवनको यात्रा कार्यक्रमले नेपाली ख्रीष्टियन जगतमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनु हुने वरिष्ठ व्यक्तिहरूलाई सम्मान गर्दैै आएको पनि उहाँले जानकारी दिनुभयो । भारत र नेपालको ख्रीष्टियन मिडियाकर्मी तथा स्रष्टा संगमको सहकार्यमा भएको सो कार्यक्रमको सञ्चालन स्टेला राई र पा. विजय सुब्बाले गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...