सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

६ बुँदे घोषणा जारी गर्दै दिल्लीमा आयोजित पास्टर अगुवा सम्मेलन सम्पन्न

दिल्ली, इन्डिया ३० अक्टोबर २०२२ । २७ –३० अक्टोबरसम्म दिल्लीमा आयोजना गरिएको नेपाली पास्टर तथा अगुवा सम्मेलन सम्पन्न भएको छ ।

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका पदाधिकारीहरू प्रदेश प्रमुख, जिल्ला प्रमुख लगायत विभिन्न देशका विभागीय प्रमुखहरू समेत सहभागी भएको सम्मेलनमा आत्मिक जागृति र ख्रीष्टियन महासंघभित्र देखा परेका समस्याहरूलाई कसरी मिलाएर लैजान सकिन्छ भन्ने उद्देश्यले गरिएको थियो । सो सम्मेलनमा १५० भन्दा बढी राष्ट्रिय ख्रीष्टियन महासंघमा आवद्ध पास्टर तथा अगुवाहरूको सहभागिता रहेको थियो ।

सो भेलाको निष्कर्ष डा. फिलेमोन खड्का क्षेत्री नै महासंघको आधिकारिक कार्यवाहक अध्यक्ष रहेको जनाइएको छ । महासंघको अध्यक्ष रहेका सि.वि. गहतराजले राजीनामा दिएको र उहाँको राजीनामा पत्र कार्यवाहक अध्यक्षले राजीनामा दिएकै मितिमा स्वीकृत गरेको समेत बताइएको छ ।

राष्ट्रिय ख्रीष्टियन महासंघको उपाध्यक्ष तथा कानूनी सल्लाहकार अधिवक्ता भविन्द्र राईले सि.वि. गहतराजले राजीनामा दिएको र कार्यवाहक अध्यक्षबाट राजीनामा स्वीकृत भइसकेपछि पूनः सि.वि. गहतराज राष्ट्रिय ख्रीष्टियन महासंघमा फर्कनु कानूनसम्मत नभएको जानकारी दिनुभयो । सो भेलाले राष्ट्रिय ख्रीष्टियन महासंघभित्र देखा परेका समस्यालाई चाँडो भन्दा चाँडो मेलमिलाप र महासंघको अधिवेशनबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ । डा. फिलेमोन खड्का क्षेत्री राष्ट्रिय ख्रीष्टियन महासंघको आधिकारिक कार्यवाहक अध्यक्ष रहेकाले डा. फिलेमोन खड्का क्षेत्रीकै अध्यक्षतामा चार महिनाभित्र अधिवेशन गर्न आग्रह गरेको छ ।

दिल्लीमा सम्पन्न पास्टर तथा अगुवा सम्मेलन २०२२ ले घोषणा गरेको छ बुँदे घोषणा यस्तो छः

१. पूर्व अध्यक्ष सि.वि. गहतराजको राजीनामा राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको विधान २०६८ धारा ४५ को (१) अनुसार उपलब्ध प्रमाण र आधारमा राजीनामा दिएको मितिदेखि नै राजीनामा स्वीकृत भएको घोषणा गर्दछ । पूर्व अध्यक्ष सि.वि. गहतराजको राजीनामाका सम्बन्धमा राजीनामा नगरेको भनी दाबी गर्ने, टेक्स मेसेज पठाएर अधिकार फिर्ता लिएको भन्ने, आफै पूनः अध्यक्ष भएको घोषणा गरी कार्यवाहक अध्यक्ष डा. फिलेमोन खड्का क्षेत्रीबाट अधिकार फिर्ता लिएको भन्ने, गैर वैधानिक रुपमा अर्कोलाई कार्यवाहक नियुक्ति गरेको साथै आफ्नो नेतृत्वमा बैठक बसी आफू अनुकुलका पदाधिकारीहरूलाई नियुक्ति गरेको र प्रेस विज्ञप्ति निकालेर भ्रम सृजना गरी, विधि पद्धतीलाई कुल्चेर अपरिपक्व व्यवहार गरेको सम्पूर्ण कार्यहरू अवैधानिक ठहर गरी यो सम्मेलनले खारेज भएको घोषणा गर्दछ ।

२. राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको कार्यवाहक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीज्यू नै राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको आधिकारिक कार्यवाहक अध्यक्ष रहेको घोषण गर्दछ ।

३. राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको कार्यवाहक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीज्यू को अध्यक्षतामा ४ महिनाभित्र महासंघको महाधिवेशन वा राष्ट्रिय भेला गर्ने घोषणा गर्दछ ।

४. प्रस्तुत विवादको समाधान उपावास– प्रार्थना, क्षमा र मेलमिलाप र कानूनी रुपमा विधि, प्रकृया, विधान सम्मत भएर अगाडि बढ्ने घोषणा गर्दछ ।

५. राष्ट्रिय ख्रीष्टियन महासंघले “हाम्रो अभियान, नेपाली ख्रीष्टियन समुदायको स्वाभिमान र पहिचान” का लागि नेपाल राज्यभरि रहेका चर्च ख्रीष्टियन संघसंस्थाहरूलाई एक सुत्रमा आवद्ध गराई नेपाली ख्रीष्टियनहरूको छाता संगठनको रुपमा निरन्तर एकबद्ध भएर ख्रीष्टियन समुदायको अधिकारका लागि राज्यसँग सशक्त पैरवी गर्ने घोषण गर्दछ ।

६. राष्ट्रिय ख्रीष्टियन महासंघको उद्देश्यहरू पूरा गर्न नीति, कार्यक्रम तथा आवश्यक स्रोत साधनहरूको प्रबन्ध गर्न अल्पकालिन, मध्यकालिन र दिर्घकालिन रणनीतिहरू तयार गरि स्थायित्व गर्ने घोषण गर्दछ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...