सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

महासंघको गैरआवासीय विभाग प्रमुखबाट डा. प्रकाश मेघी गुरुङको राजिनामा

९ अक्टोबर २०२२, काठमाडौं । डा. प्रकाश मेघी गुरुङले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको गैरआवासीय विभाग प्रमुखबाट आज राजिनामा दिनुभएको छ ।

डा. प्रकाश मेघी गुरुङले आफ्नो फेसबुक पेजबाट सार्वजनिक गर्नु भएको राजिनामा पत्रमा महासंघका अध्यक्षलाई सम्बोधन गरी लेख्नुभएको पत्रमा व्यक्तिगत व्यस्तताको कारण देखाउनु हुँदै उहाँले राजिनामा दिनुभएको छ । बुझिएअनुसार महासंघप्रति असन्तुष्टि हुँदै उहाँले आफ्नो पदबाट राजिनामा दिनुभएको हो ।

उहाँले सार्वजनिक गुर्नभएको राजिनामा पत्रमा लेखिएको छ – उपरोक्त विषय सम्बन्धमा यस राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालमा स्थापना कालदेखि नै दिलोज्यानले लागिपरेको तथा नेपाली भाषी इसाईहरूको हक–हित, अधिकार र आत्म–सम्मानका लागि वकालत र पैरवी गर्न बाह्य देशहरूबाट कटिबद्ध रहेको कुरा अवगत गराउन चाहन्छु साथै हाल आएर मेरो आफ्नो कार्य– व्यस्तता र अरू कुराहरूको जिम्मेवारीहरू भएकोले आजको मितिदेखि यस राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालमा रही काम र सेवा गर्न असमर्थ भएकोले क्षमा चाहन्छु र यसै पत्रसाथ राजीनामा दिएको घोषणा गर्दछु ।

त्यसैगरी महासंघको आज बसेको भनिएको केन्द्रिय समितिको बैठकले महासंघको अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनु भएका बरिष्ठ सहअध्यक्ष रिता थापा मगरलाई पदमुक्त गर्दै स्कूल विभागको जिम्मेवारी दिएको छ भने गैरआवासीय विभाग प्रमुख डा. प्रकाश मेघी गुरुङलाई विना कुनै कारण हटाएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...