सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

सामाजिक एकता पार्टी फुट्यो, जनजागरण पार्टी ब्युतियो

जुलाई २६, २०२२, काठमाडौं । केहि महिना अघि तामझामका साथ जनजागरण पार्टी नेपालसँग एकता गरिएको भनिएको सामाजिक एकता पार्टी अन्तत विभाजन भएको छ ।

आज काठमाडौंमा दुई पक्षको बेग्ला बेग्लै ठाउँमा भएको पत्रकार सम्मेलनबाट नै पार्टी फुटेको पुष्टि भएको हो । पार्टी एकता प्रक्रिया नै नटुंगिँदै पार्टीको आन्तरिक विवादमा फसेको सामाजिक एकता पार्टी विभाजन भएको हो ।

सि.वि. गहतराज नेतृत्वको सामाजिक एकता पार्टी नेपालले काठमाडौंको भृकुटी मण्डपस्थित रिपोर्टस् क्लबमा आज दिउँसो आयोजना गरेको पत्रकार सम्मेलनमा एकतापूर्वकै सामाजिक एकता पार्टीको चुनाव चिन्ह लिएर नै आसन्न संघ र प्रदेशको निर्वाचनमा आफूहरू होमिने घोषणा गर्नुका साथै पार्टीको नीति तथा कार्यक्रम घोषणा गरेको थियो ।

उता पूर्ववत जनजागरण पार्टीले पनि ललितपुरको एक क्याफेमा पत्रकार सम्मेलनमार्फत बि.पी. खनाल नेतृत्वको जनजागरण पार्टी ब्युतिएको घोषणा गरेको हो । जनजागरण पार्टीका अध्यक्ष खनालले सामाजिक एकता पार्टीसँग एकता गरेपछि अध्यक्ष गहतराजले पार्टी एकिकरण प्रक्रियामा सहमति गरिएका सबै शर्तहरू उलङ्घन गर्दै कपटपूणर् तवरले एकलौटी निषेधको अवैधानिक गतिविधि अघि बढाएको आरोप लगाउनुभयो । खनाल नेतृत्वको समुहले ७ बुँदै आरोप पत्र जारी गर्दै दल एकिकरण प्रयास असफल भएको जनाएको हो । एकताको मर्मविपरीत अध्यक्ष गहतराजले निषेधको फोहोरी राजनीति गर्दै अवैधानिक कार्य गरेकोले पार्टी एकिकरणको प्रक्रियाबाट आफूहरू बाहिरिएको खनालले बताउनुभयो ।

‘अध्यक्षले विधान विपरित एकलौटी निणर्य गरेको र पार्टी अध्यक्ष भएर अवैधानिक कार्य गर्दै हिडेको अवस्थामा हामीले आपत्ति जनाउँदै आएका थियौं तर उहाँले कुनै अनुरोध मान्नु भएन,’ खनालले भने, ‘पार्टी एकतालाई सुधार गर्नै नसक्ने अवस्था सिर्जना भएपछि हामीले बाध्यतावस आफ्नो विचार तथा आगामी रणनीतिको विषय सार्वजनिक गरेका हौं ।’

पूर्ववत अवस्थामा फर्किएको जनजागरण पार्टी नेपालमा असन्तुष्ट पक्षका देशैभरका नेता कार्यकर्ताहरूको आफूहरूलाई समर्थन रहेको उहाँले दाबी गर्नुभयो ।

खनाल नेतृत्वको जनजागरण पार्टी नेपालले जारी गरेको ७ बुँदै आरोप पत्रः

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...