सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

पत्रकार दिनेश श्रेष्ठलाई सम्मान गर्दै आदिपत्रकार पादरी प्रधानको १७१औं जन्मस्मृति कार्यक्रम सम्पन्न

ललितपुर, जुलाई ४, २०२२ । ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालले आयोजना गरेको नेपाली पत्रकारिताका आदिपत्रकार पादरी गंगाप्रसाद प्रधानको १७१औं जन्मस्मृति कार्यक्रम आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

समाजका विभिन्न प्रवुद्ध व्यक्तिहरूको सहभागिता रहेको सो कार्यक्रममा युवा दर्शन पत्रिकाका प्रकाशक तथा सम्पादक पत्रकार दिनेश श्रेष्ठलाई विगत दुई दशकदेखि पत्रकारिताको क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै पादरी गंगाप्रसाद प्रधान पत्रकारिता पुरस्कार – २०७९ बाट सम्मान पनि गरिएको थियो । उहाँलाई सामाजिक सरोकारका मुद्दामा विशेष गरी सिमान्तकृत, उत्पीडित, उपेक्षित वर्ग तथा ख्रीष्टियन समुदायका लागि पत्रकारिता क्षेत्रबाट योगदान गरेको तथा पत्रकारिताको यात्रामा विभिन्न आरोह अवरोहका बीच अनवरतरुपमा दुई दशकसम्म निरन्तर पत्रकारिताको माध्यमबाट समुदायमा महत्वपूर्ण योगदान पुर्याउनु भएको भन्दै नगद पच्चिस हजार राशी पुरस्कारका साथ सम्मान गरिएको थियो ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्ने क्रममा पत्रकार श्रेष्ठले सो पच्चिस हजार नगद राशी पुरस्कारमा पच्चिस हजार थप गरी पचास हजार नगद ख्रीष्टियन जर्नलिस्ट फेलोसिपको ख्रीष्टियन जर्नलिस्ट विकास कोषलाई दिने घोषणा गर्नुभयो । साथै सो विकास कोषमा चर्च समुदाय, विभिन्न संघसंस्था र व्यक्तिगत रुपमा पनि सहयोग गर्न सबैमा अपिल समेत गर्नुभयो ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारी, क्वाइनोनिया पाटन मण्डलीका वरिष्ठ पास्टर डा. मंगलमान महर्जन र नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष रेभ. सूर्य बहादर बल तामाङ (हनोक), राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका कार्यवाहक अध्यक्ष रेभ. फिलेमोन क्षेत्री, राष्ट्रिय ख्रीष्टियन मण्डली महासंघका अध्यक्ष पास्टर सुवास सुब्बा, नारायण खड्का लगायतका महानुभावहरुले पादरी प्रधानको योगदानको चर्चा गर्दै अब हामीले पनि आफ्नो क्षेत्रबाट भूमिका निभाउनु पर्ने दायित्वका बारे आफ्नो धारणा राख्नुभयो । त्यसैगरी समय कुमार रम्तेलले पादरी गंगाप्रसाद प्रधानको योगदानको चर्चा गर्नुभएको थियो ।

विभिन्न चर्च समुह, विभिन्न संघसंस्थाबाट प्रतिनिधिका रुपमा उल्लेख्य रुपमा सहभागित रहेको सो कार्यक्रमको सञ्चालन पत्रकार कुमारसिंह बिष्टले कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो भने पत्रकार निरोज तोलाङेले स्वागत मन्तब्यका साथमा सिजेएफ नेपालका बारेमा बताउनुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...