सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

एनसिएफ नेपालका अध्यक्ष हनोक तामाङलाई सिजेएफको बधाई

ललितपुर, जुन २८, २०२२ । नेपाल राष्ट्रिय मण्डली संगति (एनसिएफ नेपाल) का नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर बल (हनोक) तामाङलाई ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपाल (सिजेएफ नेपाल)ले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

आज मंगलबार सानेपास्थित आराधना चर्चमा आयोजित एक कार्यक्रममा सिजेएफका प्रतिनिधि सदस्यहरूले बधाई तथा शुभकामना पत्रसहित अध्यक्ष तामाङलाई बधाई तथा शुभकामना दिएको हो । सिजेएफ नेपालका तर्फबाट प्रतिनिधि पत्रकारहरू दिनेश श्रेष्ठ, कुमारसिंह बिष्ट, निरोज तोलाङे र आरअन्जन घलेले अध्यक्ष तामाङलाई बधाई पत्रसहित बधाई तथा शुभकामना दिएको हो ।

गत बैशाखमा चितवनमा सम्पन्न भएको नेपाल राष्ट्रिय मण्डली संगतिको ६२ औँ वार्षिक साधारण सभाबाट पास्टर हनोक तामाङ एनसिएफ नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...