सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

ख्रीष्टियन समुदायको तर्फबाट हेटौँडा उपमहानगरपालिकाको मेयर मिना लामालाई बधाई

ललितपुर, जुन २८, २०२२ । हेटौँडा उपमहानगरपालिकाको नवनिर्वाचित मेयर मिना कुमारी लामालाई एनसिएफ नेपाल, एनसिएस नेपाल र एफएनसिएनका अध्यक्षहरूले बधाई तथा शुभकामना दिनुभएको छ ।

ललितपुरको सानेपामा अवस्थित आराधना चर्चमा आज मंगलबारका दिन नेपाल राष्ट्रिय मण्डली संगति (एनसिएफ) नेपालका अध्यक्ष रेभ. पास्टर हनोक तामाङ, नेपाल ख्रीष्टियन समाजका अध्यक्ष रेभ. पास्टर ओमप्रकाश सुब्बा र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका कार्यवाहक अध्यक्ष रेभ. डा. फिलेमोन क्षेत्रीसँगको भेटमा मेयर लामाले पछिल्लो समय राजनीतिमा ख्रीष्टियन समुदाय निर्णायक शक्तिका रुपमा विकास हुँदै आएकोले ख्रीष्टियनहरू पनि नीति निर्माणको तहमा पुग्नुपर्ने भएकोले आम निर्वाचनमा ख्रीष्टियन समुदायको सशक्त सहभागिता अपरिहार्य भएको बताउनुभयो ।

सो भेटमा नेपाली ख्रीष्टियन समुदायको प्रतिनिधिमुलक तीन वटै संस्थाका अध्यक्षहरूले नवनिर्वाचित मेयर मिना कुमारी लामालाई सफल कार्यकालको लागि बधाई दिनुहुँदै आफ्नो आस्थाको पहिचानलाई जोगाउँदै अघि बढ्नका लागि सुझाब दिनुभएको थियो भने मेयर मिना कुमारी लामाको कार्यकाल सफल र आशिषमय होस् भनि प्रार्थना समेत गर्नुभएको थियो ।

सोहि अवसरमा ख्रीष्टियन जर्नलिस्ट फेलोसिप (सिजेएफ) नेपालका सहकर्मी सदस्यहरूको टोलीले पनि सो भेटमा सिजेएफ नेपालको तर्फबाट हेटौँडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर लामालाई बधाई दिंदै आगामी ५ वर्षे कार्यकालको सफलताको शुभकामना समेत दिएको थियो ।

स्मरण रहोस् नवनिर्वाचित मेयर मिना कुमारी लामा सत्ता गठबन्धन अन्तर्गत नेकपा समाजबादीबाट मेयर पदमा निर्वाचित हुनुभएको हो । उहाँ आस्थाका रुपमा ख्रीष्टियन हुनुहुन्छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...