सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

गोदावरी नगर इसाई समाजबाट निर्वाचित नगरपालिका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त

२६ जुन २०२२, ललितपुर । ललितपरको गोदावरी नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरूलाई गोदावरी नगर इसाई समाजले आज नगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिएको छ ।

ललितपुरको बज्रबाराहीस्थित गोदावरी नगरपालिकाको सभा कक्षमा गोदावरी नगर इसाई समाजले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनलगायतका नवनिर्वाचित पदाधिकारीहरूलाई गोदावरी नगर इसाई समाजका अध्यक्ष पास्टर प्रेम खत्रीले बधाई तथा शुभकामनाको पत्र प्रदान गर्नुभयो ।

सो कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले समाजले राखेका मागहरू जायज भएको बताउँदै समाजका मागहरूप्रति आफू सकारात्मक भएको र अध्ययन गरी सम्बोधन गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । १४ वटा वडाको तर्फबाट वडाअध्यक्ष भाष्कर थापाले आफ्नो मन्तब्य राख्दै आफू विगतदेखि नै ख्रीष्टियनहरूसँग निकट रहेको र ख्रीष्टियनहरूको समस्या पनि आफूलाई थाहा भएकोले ती समस्या सामाधान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै, आफ्ना मन्तब्य राख्ने क्रममा गोदावरी नगर इसाई समाजका अध्यक्ष पास्टर प्रेम खत्रीले इसाईहरूको लागि समाधिस्थल व्यवस्थापन गरिदिन नगरप्रमुखसँग माग गर्नु भएको थियो । त्यस क्रममा उहाँले गोदावरी नगरपालिका अन्तर्गत निर्वाचित हुनुभएका नगरप्रमुखलगायत सम्पूर्ण पदाधिकारीहरूलाई बधाई दिंदैं सफल कार्यकालको शुभकामना दिनुभयो ।

त्यसैगरी गोदावरी नगर इसाई समाजका सचिव पास्टर हिराकाजी महर्जनले कार्र्यक्रममा सहभागी सबैलाई स्वागत गर्नुका साथै नगर इसाई समाजको परिचय, समाजको दृष्टिकोण र माग पनि प्रस्तुत गर्नुभएको थियो ।

बधाई तथा शुभकामना कार्यक्रममा गोदावरी नगर इसाई समाजका पदाधिकारी पास्टर द्धारिका श्रेष्ठले गोदावरी नगरपालिकाभित्र इसाईहरूको लागि समाधिस्थलको व्यवस्था गरिदिन माग राख्नुभयो । उहाँले त्यस क्रममा गोदावरी नगरपालिका भित्रका ख्रीष्टियनहरूका लागि समाधिस्थलको व्यवस्थापन गर्नु नगरपालिकाको दायित्व भएको औंल्याउनु भयो ।

फोटोः पत्रकार कुमार सिंह बिष्ट

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...