सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

बिएनसिएको नवौं शिखर सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः पास्टर भद्र राई निर्वाचित

४ जुन २०२२,  ह्यारिसवर्ग, अमेरिका। भुट्निज नेप्लिज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसिए)को नवौं शिखर सम्मेलनबाट तीन वर्षे कार्यकालका लागि पास्टर भद्र राईलाई अध्यक्षमा पुनः निर्वाचित गर्दै नवौं शिखर सम्मेलन सम्पन्न भएको छ ।

अमेरिकाको पेन्सलभेनिया ह्यारिसवर्गमा गत जुन २ तारिखदेखि ४ तारिखसम्म सम्पन्न भएको बिएनसिएको नवौं शिखर सम्मेलनमा सचिवमा पास्टर पुष्प रसाइली र कोषाध्यक्षमा पास्टर सुभाष लहगुनलाई निर्वाचित गरेको हो । त्यसैगरी अन्य पदाधिकारी र सदस्यहरूको हकमा बिएनसिएका पूर्व अध्यक्ष रेभ पास्टर नोर्बु तामाङले आगामी एक महिनाभित्र बिएनसिएको केन्द्रीय कार्यकारिणी समितिले पूर्णता पाउने जानकारी उक्त घोषणा सभामा गराउनु भएको थियो ।

अमेरिकामा रहेका नेपाली भाषी भुट्निज नेपाली चर्चहरूको साझा थलोको रुपमा परिचित बिएनसिएको यस नवौं शिखर सम्मेलनमा बिएनसिएमा आवद्ध नेपाली भाषी १०३ चर्चहरूबाट करिव एघार सय जति प्रतिनिधिहरूको सहभागिता रहेको नवनिर्वाचित कोषाध्यक्ष पास्टर सुभाष लहगुनले जानकारी गराउनुभएको छ ।

स्मरण रहोस् बिएनसिएको यो नवौं शिखर सम्मेलनबाट अध्यक्षमा नवनिर्वाचित अध्यक्ष सहित पास्टर सान राई र पास्टर जोन मोगर पनि प्रतिस्पर्धामा रहनुभएको थियो भने सचिवमा नवनिर्वाचित सचिव पास्टर पुष्प रसाइली सहित पास्टर अब्राहाम दियाली र पास्टर राजु सुबेदी पनि प्रतिस्पर्धामा रहनु भएको थियो । त्यसैगरी कोषाध्यक्ष पदमा नवनिर्वाचित कोषाध्यक्ष पास्टर सुभाष लहगुन सहित पास्टर प्रकाश मेघि गुरुङ प्रतिस्पर्धामा रहनुभएको थियो ।

उक्त निर्वाचन सम्पन्न गराउन पास्टर नोबु तामाङ, पास्टर जोन राई, पास्टर शंखर राई, पा.डा. ओलक सुनुवार र पास्टर जंग मगरको ५ सदस्यीय निर्वाचन मण्डलले भूमिका निर्वाह गरेको थियो ।

तीन दिनसम्म चलेको बिएनसिएको यस नवौं शिखर सम्मेलनमा पहिलो दिन उद्घाटन सत्रका साथमा पहिलो सेसन गरिएको थियो भने दोश्रो र तेश्रो दिन पनि विभिन्न विषयमाथि सेसन चलाइएको थियो भने अन्तिम दिन प्रभु भोजको सेवा पनि गरिएको थियो । उक्त अवसरमा नेपालको झापा जिल्लाको बेलडाँगीस्थित एक चर्च भवन बनाउनको लागि स्वइच्छिक भेटी पनि उठाइएको थियो । उक्त भेटीमार्फत करिव ७००० अमेरिकी डलर उठेको जानकारी नवनिर्वाचित कोषाध्यक्ष पास्टर सुभाष लहगुनले जानकारी गराउनुभयो ।

स्मरण रहोस् तीन वर्षे कार्यकालका लागि पुनः निर्वाचित अध्यक्ष पास्टर भद्र राई कनान भुट्निज चर्चका पास्टर हुनुहुन्छ भने ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियन फेलोसिप (जिएनएससिएफ)का अध्यक्ष समेत हुनुहुन्छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...