सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

प्रकाश सुब्बाको अध्यक्षतामा ५१ सदस्यीय समिति चयन गर्दै नेपाल ख्रीष्टियन समाजको २५औं वार्षिकोत्सव सम्पन्न

ललितपुर । नेपाल ख्रीष्टियन समाजको २५औं वार्षिकोत्सव तथा १९औं महासभाबाट आगामी दुई वर्षे कार्यकालका लागि रेभ. प्रकाश सुब्बाको अध्यक्षतामा २९ पदाधिकारीहरू सहित ५१ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत चयन गरिएको छ ।

ललितपुरको एकान्तकुनास्थित क्रसवे चर्चमा गत मे ३० तारिखदेखि जुलाई १ तारिखसम्म सम्पन्न भएको महासभाबाट पास्टर वर्णवास श्रेष्ठ र पास्टर एलबी चौधरी सहअध्यक्षमा चयन हुनुभएको छ भने प्रदेश प्रमुखहरू स्वत उपाध्यक्ष हुने प्रावधान अनुसार सुदुर पश्चिम प्रदेशबाट पास्टर हिरालाल भाट, कर्णाली प्रदेशबाट पास्टर नविन दर्लामी, लुम्बिनी प्रदेशबाट पास्टर बाबुराम बस्नेत, गण्डकी प्रदेशबाट रेभ. के.पि. त्रिपाठी, वाग्मती प्रदेशबाट पास्टर पदमनाथ पराजुली, मधेश प्रदेशबाट पास्टर पिटर कमलेश्वर र प्रदेश नं. १ बाट पास्टर वर्णवास सुब्बा चयन हुनुभएको छ ।

त्यसैगरी महासचिवमा तेश्रो कार्यकालका लागि पुनः पास्टर डिल्लीराम पौडेल चयन हुनुभएको छ भने उपमहासचिवमा डा. किरण कुमार दास, पास्टर मुकुन्द शर्मा र पास्टर राजेन्द्र मल्ल चयन हुनुभएको छ । समाजको विभिन्न सञ्जाल र प्रदेश संयोजन हेर्ने गरी सचिव पदमा रेभ. तेज बहादुर रोक्का, पास्टर संगम के.सी., डा. कृष्णमान शाक्य, पास्टर धन बहादुर थापा आमेन, पास्टर ज्योति सुनुवार, पास्टर विजय थापा र पास्टर शुसिल भट्ट चयन हुनुभएको छ ।

समाजको कोषाध्यक्ष पदमा पुनः सुरेन्द्र श्रेष्ठ चयन हुनुभएको छ भने सहकोषाध्यक्ष पदमा पास्टर चन्द्रमान नेपाली र पास्टर अशोक अधिकारी चयन हुनुभएको छ । त्यसैगरी प्रतिनिधि सदस्यको रुपमा सिता गुरुङ, धन लामा, शान्ता पौडेल र विमला श्रेष्ठ चयन हुनुभएको छ ।

नेपाल ख्रीष्टियन समाजको कार्यसमिति घोषणा कार्यक्रममा बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरू सल्लाहकार परिषद्को सल्लाह बमोजिम केन्द्रीय कार्यसमितिले चयन गर्ने जानकारी निर्वाचन समितिका संयोजक तथा सल्लाहकार डा. तीर्थ थापाले दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष प्रकाश सुब्बाले आफ्नो मन्तब्य राख्ने क्रममा नेपाल ख्रीष्टियन समाज सम्पूर्ण नेपाली मण्डलीहरूको साझा थलो भएकोले अबका दिनमा प्रदेश तथा जिल्लामा रहेका नेपाली मण्डलीको सेवकार्यमा वृद्धि विकास र स्थानीय मण्डली र सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्दै मण्डलीको अधिकारका लागि संयुक्त आवाज बन्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

स्मरण रहोस् नेपाल ख्रीष्टियन समाजको यो १९औं महासभा तथा २५औं वार्षिकोत्त्सव रूपान्तरणको लागि एकता र सहकार्य थिममा सम्पन्न भएको हो र देशभरिबाट विभिन्न चर्च समुहहरूबाट प्रतिनिधिका रूपमा सहभागिता रहेको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...