सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

सारा चर्चले रजत महोत्सव मनायो

काठमाडौं, २७ अप्रिल २०२२ । सारा चर्चले आफ्नो स्थापना वर्षगाँठको रजत महोत्सव विविध कार्यक्रमको आयोजना गरी आज सुकेधाराको नव दुर्गा पाटी प्यालेसमा सम्पन्न गरेको छ ।

रजत महोत्सव समारोहका प्रमुख अतिथि पाटन क्वाइनोनिया चर्चका वरिष्ठ पास्टर मंगलमान महर्जनले प्रार्थना गरी व्यानर उद्घाटन गरी बेलुन उडाएर चर्चको रजत महोत्सव कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । साथै उहाँले सारा चर्च परिवारलाई शुभकामना दिदैं वचनबाट उत्साह दिनु भयो । उहाँले त्यस अवसरमा परमेश्वरको राज्य विस्तारमा सारा चर्चले भाग लिएको भन्दै सारा चर्चले भविष्यमा परमेश्वरको राज्य विस्तारमा अग्रसर हुन शुभकामना दिनुभयो ।

त्यस्तै, कार्यक्रममा सारा चर्च स्थापनाको भिडियो सामाग्री प्रस्तुत गरिएको थियो । सारा चर्चका पास्टर रेभ डा. तेज रोक्काले सारा चर्च ४ जनाबाट सुरु भएको भएतापनि हालसम्म देशभरका विभिन्न प्रदेशमा ३० वटा शाखा चर्चहरु स्थापना भइसकेको बताउनुभयो ।

कार्यक्रममा पत्रकारितामार्फत नेपाली चर्चमा योगदान पुर्याएको भन्दै युवा दर्शन पत्रिकाका सम्पादक तथा प्रकाशक पत्रकार दिनेश श्रेष्ठलाई कदर पत्रद्धारा सम्मान गरिएको थियो ।

नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेल, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालकी महासचिव रेखा ओझा, रेभ पास्टर ईश्वरचन्द्र काप्री, पत्रकार दिनेश श्रेष्ठ र जोशुवा एफले शुभकामना मन्तव्यबाट सारा चर्च परिवारलाई शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको थियो ।

सारा चर्च स्थापनको २५ वर्षको अवसरमा सारा चर्चले प्रकाशन गरेको स्मारिकालाई रेभ. पास्टर मंगलमान महर्जन, रेभ. पास्टर ईश्वरचन्द्र काप्री, नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेल र रेभ. पास्टर डा. तेज रोक्काले सामुहिक रुपमा लोकापर्ण गर्नुभयो ।

 

त्यसैगरी रजत महोत्सवमा सारा मिनिष्ट्रि अन्तर्गत विभिन्न तवरमा सेवकाइमा योगदान पुर्याएको भन्दै सारा चर्चका विभिन्न अगुवा तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । स्मरण रहोस् सो रजत महोत्सव कार्यक्रममा काठमाडौंका विभिन्न पास्टर तथा अगुवाहरुको उपस्थिति रहेको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...